HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पदा
राराः सौन्दर्य र जैविक सम्पदाको खानी (फोटो एसे)

चारैतिर घना जंगल, बीचमा नीलो ताल । नेपालकै ठूलो ताल राराले छिनछिनमा रुप फेर्ने चिनारी बोकेको छ । तर, यो ताल क्षेत्र प्राकृतिक सौन्दर्यसँगै जैविक सम्पदाले पनि सुसज्जित छ ।

सम्पदामाथिको शुद्धिहीन व्यवहार टिप्पणी
सम्पदामाथिको शुद्धिहीन व्यवहार

वसन्त महर्जन
हिन्दू वा बौद्ध सम्प्रदायविशेषको आग्रह राखेर गरिने दाबीले इतिहास अध्ययनमा अर्थ राख्दैन।

पहिले कुलीन खसहरूको शव गाड्दा बनाएको वास्तु नै अहिलेका देवलहरू हुन् भन्न सकिन्छ। त्यसकारण यो पूजास्थल नभई चिहान हो। शव गाड्ने चलन हराएसँगै देवलहरू उपेक्षित र रहस्यमय हुन थालेको अनुमान गर्न सकिन्छ।

केही वर्षअघि दैलेखको भूर्ती पुगेकी अनेरास्ववियूकी अध्यक्ष नविना लामाले देवलमा चढेर खिचेका फोटाहरू 'फेसबूक' मा पोष्ट गरेकी थिइन्। ती फोटालाई सयौंले लाइक गरे भने कतिले कुन ठाउँको हो भनेर सोधेको देखियो, त्यो उछलकुदको उपयुक्ततामाथि भने कसैले टिप्पणी गरेनन्। तर उनी जत्तिको नेतृबाट समाजले कहिल्यै त्यस्तो 'सेन्सलेस एक्ट' को अपेक्षा राखेको हुँदैन।