HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
नागरिक समाजसँग दाहाल–नेपालको छलफल, माधवले भने- ‘ओली होइन, समस्या ओली प्रवृत्तिको हो’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले प्रतिनिधि सभा विघटनको सम्बन्धमा विभिन्न क्षेत्रका बुद्धिजीवीहरूसँग छलफल गरेको छ। कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले ओलीको तानाशाही प्रवृत्तिले संविधान र व्यवस्थामाथि नै धावा बोलेको बताए।
पार्टी विभाजनपछि के होला तत्कालीन नेकपा एमालेको सम्पत्ति? नेकपा विभाजित हुँदा पूर्वमाओवादी नभई पूर्वएमाले मात्र छुट्टिएको राजनीतिशास्त्रका जानकारहरु बताउँछन्। त्यहीकारण दुवै समूहका पूर्वएमाले नेताहरु चुनाव चिन्ह सूर्यको मात्र नभई तत्कालीन एमालेको सम्पूर्ण सम्पत्तिमा दाबी गरिरहेका छन्।
किन औचित्यहीन थियो नेपालमा माओवाद ? राजनीति
किन औचित्यहीन थियो नेपालमा माओवाद ? १ फागुन २०५२ मा तत्कालीन नेकपा (माओवादी) ले देशमा सशस्त्र हिंसा शुरू गर्‍याे। हिंसा एक दशकसम्म चल्यो, जसले आधिकारिक रूपमा १३ हजारभन्दा बढी नेपालीको अकालमा ज्यान लियो। माओवादको नाममा पुष्पकमल दाहाल नेतृत्वको हिंसाका पीडितहरूले आजसम्म न्याय पाउन सकेका छैनन्। बरु, हिंसा मच्चाउनेहरू चाँहि सुखसयल र सत्ताको खेलमा मस्त छन्। त्यसो त अहिले पनि नेत्रविक्रम चन्द नेतृत्वको समूह यही विचारधारालाई बोकेर हिंसामा उत्रिएको छ। तर, नेपालमा चिनियाँ मोडलको माओवाद सफल हुन सक्तैन। किन त ? २०५५ सालमै हिमाल द्वैमासिकमा छापिएको महेशमणि दीक्षितको यो आलेख।