भर्चुअल माध्यमबाट वितरण गरियो मदन पुरस्कार र जगदम्बा-श्री आइतबार भर्चुअल माध्यमबाट यो वर्षको मदन पुरस्कार तथा जगदम्बा-श्री सम्मान वितरण गरिएको छ। हरेक वर्ष घटस्थापनाको दोस्रो दिन मदन पुरस्कार र जगदम्बा-श्री बाँड्दै आएको मदन पुरस्कार गुठीले कोभिड-१९ महामारीका कारण योपटक भर्चुअल कार्यक्रम गरेको हो।
‘मदन पुरस्कार पाउने कल्पनासम्म पनि गरेको थिइनँ’ “म साहित्यकार पनि होइन, मेरो उपन्यासले मदन पुरस्कार पाउला भनेर कल्पनासम्म पनि गरेको थिइनँ”, ‘महारानी’का लेखक चन्द्रप्रकाश बानियाँ भन्छन्, “पुरस्कृत भएपछि खुशी नहुने कुरै भएन। यो पुरस्कारले मलाई अलि घोटाउने भयो भन्ने चाहिँ लागेको छ, बरु। म निकै अल्छि छु।”