सस्तो मानिएको माथिल्लो तामाकोशीको बिजुली किन हुँदैछ महँगो ?
देशकै सर्वाधिक सस्तो भनी प्रचारित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माणको समय लम्बिंदै जाँदा लागत बढ्दै गएको छ। ७ चैत २०६५ मा सञ्चालक समितिको बैठकले ब्याजबाहेक ३५.३ अर्ब लागत अनुमान गरिएको माथिल्लो तामाकोशी अयोजना सकिंदासम्मको लागत करिब ७५ अर्ब लाग्ने अनुमान छ ।