महामारीबीच सगरमाथा आरोहणमा आकर्षण, ३९४ आरोही प्रतीक्षामा
सगरमाथा आरोहण गर्न यस वर्ष अनुमति लिएका ३९४ आरोही आधार शिविर पुगिसकेका छन्। मौसम अनुकूल भए आउँदो मे महीनाको पहिलो सातादेखि आरोहणको क्रम शुरू हुनेछ।
‘सन् २०२१ आन्तरिक पर्यटन भ्रमण वर्ष’
संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ आन्तरिक पर्यटन वर्ष हुने बताएका छ्न्। पर्यटन मन्त्रालयमा शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले तत्काल विदेशी पर्यटक आउने सम्भावना नरहेकोले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रूपमा मनाउन तयारी गर्नुपर्ने बताएका हुन्।