01 प्रहरी कसको साथी

शेखर खरेल बुधबार, मंसिर ८, २०७३

-शेखर खरेल
नेपाल प्रहरी जनताको, लोकमानसिंह कार्कीको वा अन्य कुनै शक्तिकेन्द्रको साथी हो? परीक्षण जरूरी छ।

पछिल्ला तीन वर्षमा विधिको शासन र अमनचयनको जिम्मेवारी लिएको प्रहरी कुनै एक व्यक्तिको निहित स्वार्थपूर्तिका निम्ति संस्थागत रूपमै दुरुपयोग भएको प्रशस्त घटना देखिए।

विस्तृत
'आइसल्याण्डको सर्प' जस्तो जेल जर्नल 'आइसल्याण्डको सर्प' जस्तो जेल जर्नल

शनिबार, मंसिर ४, २०७३

बीपीले आफ्ना खुशी र दुःखका क्षण, आत्मग्लानि, निरीहता र प्रतिहिंसामा आफू जलेका कुरा समेत नलुकाई व्यक्त गरेको अनुभव हुन्छ 'जेल जर्नल' मा। आफूले गरेका गल्तीहरू, आफ्ना कमजोरीहरू केही लुकाउन खोजिएको छैन, सबै कुरा छर्लङ्ग पारिदिएको देखिन्छ। अभिव्यक्तिको यस्तो इमानदारी राजनीतिक नेताहरूबाट अपेक्षा गरिएको हुन्न। त्यसै हुनाले पनि जेल जर्नल एउटा उत्तमोत्तम कृति मानिएको हुनुपर्दछ।

विस्तृत
तिहारमा सजगता तिहारमा सजगता

शनिबार, कात्तिक १३, २०७३

आतिसबाजीका कारण रक्तचाप बढ्ने, एलर्जी हुने, टाउको दुख्ने, ब्रोङ्काइटिस बल्झिने, दम बढ्ने, खोकी लाग्नेलगायतका अप्रत्यक्ष असरहरूमा त मानिसहरूको ध्यानै गएको छैन।

तिहारको बेला आतिसबाजीको जोखिम जस्तै अर्को समस्या हो– खाद्य मिसावट। लोभी व्यापारीहरूले उपभोग बढ्ने चाडबाडलाई अनुचित तरीकाले कमाउने अवसर बनाउँछन्।

विस्तृत
'घुम्ने मेचमाथि' 'घुम्ने मेचमाथि'

शनिबार, कात्तिक १३, २०७३

नेपालीका कविहरूमध्ये उम्दाउम्दा उपमा दिनेमा कविशिरोमणि लेखनाथलाई कसैले उछिन्न सकेको छैन। अचेलका नेपाली कवितामा त उपमा भन्ने चलन नै छैन, 'बिम्ब' भन्नुपर्छ। तर, उपमा या बिम्ब जे भने पनि त्यस विधामा कवि भूपि शेरचन अद्वितीय छन् भन्ने मेरो धारणाको प्रमाण प्रस्तुत गर्न यही एउटा पुस्तक, 'घुम्ने मेच' पर्याप्त छ भन्ने मलाई लाग्छ।

विस्तृत
बफको गफ बफको गफ

केदार शर्मा सोमबार, असोज २४, २०७३

- केदार शर्मा
राँगाको मासु नखानेबीच पनि 'बफ मोमो' लोकप्रिय हुनुका पछाडि नयाँ नाम र स्वादसँगै एउटा समृद्ध पाककलाले काम गरेको छ।

पूर्व जानकारीः यस लेखले नेपालमा राँगा–भैंसीको अनुपयुक्त ढुवानी, अस्वस्थकर बधशाला जस्ता विषय जानाजान नउठाएको हो। यो 'ठूलो खसी' को मासु; अर्थात् बफको परम्परा र प्रचलनको चर्चा हो। मासुमंसको कुरा पढ्न मन नपराउनेहरूसित अग्रिम क्षमायाचना छ।

गाईका बारेमा धेरै निबन्ध लेखियो, पढियो। तर भैंसीबारे न कतै पढियो, न त लेखियो। आज लेखिहेरौं है त?

विस्तृत
'माधवी' को महिमा 'माधवी' को महिमा

शनिबार, असोज १५, २०७३

कमलमणि दीक्षित
'माधवी' उपन्यास या आख्यान लेख्नेहरूका लागि एउटा पाठ्यपुस्तक पनि हो।

यस स्तम्भमा हामीले यसअघि दुइटा उपन्यासको चर्चा गरिसकेका छौं– रुद्रराज पाण्डेको 'रूपमती' र गिरीशवल्लभ जोशीको 'वीरचरित्र' को। आज अर्को उपन्यास अगाडि सरेको छ, मदनमणि दीक्षितको प्राग्–इतिहासकालीन 'माधवी'।

विस्तृत
खेलकुदमा खुराफात खेलकुदमा खुराफात

मनिष झा शुक्रबार, असोज ७, २०७३

मनिष झा
चरम राजनीतीकरण र भ्रष्टाचारग्रस्त नेपाली खेलकुदलाई बचाउने हो भने राजनीतिक संक्रमणको वहानाबाजी कुनै पनि हालतमा स्वीकार्नु हुन्न।

जुनसुकै बेथिति र विसंगतिलाई राजनीतिक संक्रमणसँगै जोड्ने र यसैको बलमा कोकोहोलो मच्चाइरहने राजनीतिक नेताका कुरा पत्याइरहने हो भने जवाफ कहिल्यै सकारात्मक आउँदैन। संक्रमणभित्रैबाट सुधार खोज्ने युवा प्रयत्न जति सघन बन्छ, सुदिनको सम्भावना नजिकिन्छ।

विस्तृत
'कर्णाली लोक संस्कृति' को गुणगरिमा 'कर्णाली लोक संस्कृति' को गुणगरिमा

शनिबार, असोज १, २०७३

पाँच जना विद्वानको संयुक्त प्रयासबाट आएको 'कर्णाली लोक संस्कृति' ले कुनै क्षेत्रको अध्ययन अथवा सर्वेक्षण कसरी गर्नुपर्छ भन्ने बाटो समेत देखाएको छ।

विस्तृत
अप्रत्याशित भ्यागुते रोग अप्रत्याशित भ्यागुते रोग

शनिबार, असोज १, २०७३

नाक र घाँटीमा कोरिने ब्याक्टेरियम डिप्थेरीको आक्रमणबाट हुने भ्यागुते रोग निदानका लागि एन्टीसेराको जोहो हुनैपर्छ।

विस्तृत
चन्द्र शम्शेरसँग बेलायती रेजिडेन्टको जिद्दी (इतिहास) चन्द्र शम्शेरसँग बेलायती रेजिडेन्टको जिद्दी (इतिहास)

ज्ञानमणि नेपाल शनिबार, भदौ २५, २०७३

महाराजको पनि मनमा बिझेका आफ्नै कुराहरू थिए। उनी भन्ने गर्थे, “हाम्रा भारदार दुनियाँदार पनि के हो के हो, अंग्रेजसँग खुलस्त व्यवहार गर्नुहुँदैन, उनीहरूलाई जहीं तहीं घुमफिर गर्ने स्वच्छन्दता दिनुहुँदैन भनेर विरोध गर्छन्। तिनको चित्त बुझाउन प्रयास गर्छु, दोस्तीको लिहाजले।

तर, तपार्इंहरूको हामीप्रतिको चित्तबुझदो व्यवहार देखाउन सक्तिनँ। तपाईं पनि यति राम्रो दुई देशको दोस्ती छ त भन्नुहुन्छ तर तपाईंको गभर्मेन्टले हामीप्रति त्यस्तो व्यवहार देखाएको छैन।

विस्तृत
साँघुरिंदा पनि चर्चित गोरेबहादुर खपाङ्गी साँघुरिंदा पनि चर्चित गोरेबहादुर खपाङ्गी

सोमबार, भदौ २०, २०७३

२०५९ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री भएका बेला राजाको हातबाट टीका थाप्नुलाई धेरैले खपाङ्गीको ‘टर्निङ पोइन्ट’ को रुपमा हेरे ।

विस्तृत
झुक्याउने स्तन क्यान्सर झुक्याउने स्तन क्यान्सर

बुधबार, भदौ १५, २०७३


क्यान्सरबाट जोगिन आर्थिक क्षमता चाहिंदैन, होशियारी अपनाए पुग्छ।

विस्तृत
भोटमा नेपालका अधिकार (इतिहास) भोटमा नेपालका अधिकार (इतिहास)

ज्ञानमणि नेपाल सोमबार, भदौ १३, २०७३

ज्ञानमणि नेपाल
उबेलाको भोटमा नेपालले अहिले सुन्दा अचम्म लाग्नेगरिका अधिकारहरू लिएको थियो।

भोटमा नेपाली बेपारीहरूले त्यहींका भोटिनीसँग बिहे गर्दथे। कतिले भोटेलाई साथी बनाएर वा मीत लाएर उसैकी श्रीमतीलाई साझे बनाउँथे।

विस्तृत
प्रदूषित अन्तरिक्ष प्रदूषित अन्तरिक्ष

प्रज्वल काफ्ले शनिबार, भदौ ४, २०७३

अन्तरिक्षसम्म कवाड पुर्‍याउने अरू कोही नभई मानिस नै हुन्। कति कवाडहरू चाहिं पुराना उपग्रहहरू आपसमा ठोक्किएर बनेका हुन्। कवाड युद्धसामग्री, रकेटका मोर्टरदेखि सामान्य जस्ता लाग्ने पेन्टका टुक्राहरू जस्ता अनेकौं किसिमका हुन्छन्।

पृथ्वीको गुरुत्वाकर्षण र उसको घुमाइको संयोजनले गर्दा ती कवाड लामो समय पृथ्वी वरिपरि अनियन्त्रित घुमिरहन्छन्। र, सडकमा छाडा छाडिएका जनावरले ट्राफिक जाम बढाए जस्तै अवरोध गरिरहन्छन्।

विस्तृत
गर्भावस्थामा हाइपरइमेसिस गर्भावस्थामा हाइपरइमेसिस

शनिबार, भदौ ४, २०७३

गर्भवती महिलालाई वाक्वाकी लाग्नु सामान्य भए पनि बढी भयो भने हाइपरइमेसिसको खतरा हुन्छ।

विस्तृत
कांग्रेसका चे (सम्झना) कांग्रेसका चे (सम्झना)

पुरञ्जन आचार्य बुधबार, भदौ १, २०७३

भूविक्रम नेम्वाङ नेपाली कांग्रेसका ती क्रान्तिवीर थिए, जो लोकतन्त्र र आत्मसम्मानको लागि गर्वसाथ लड्यो र जित्यो पनि।

विस्तृत
कागजको पेन्सिल बनाउने सुधा कागजको पेन्सिल बनाउने सुधा

शुक्रबार, साउन २८, २०७३

चार वर्षअघि उत्पादन थालिएको कागजको पेन्सिल अहिले यूरोपलगायतका विभिन्न देशमा निर्यात हुन थालेको छ। 'वुमन्स् ड्रिम्स् मल्टी सर्भिस' का महिलाको एउटा सपना पूरा भएको छ। यो सपनाको सूत्रधार हुन्, काठमाडौं, पानीपोखरीकी सुधा बस्नेत ।

समसामयिक लेख र साहित्यमार्फत महिला सशक्तीकरणका मुद्दा उठाउँदै आएकी सुधालाई एक दिन अचानक लेखेर होइन, काम गरेर मात्र परिवर्तन सम्भव हुन्छ भन्ने लागेछ। त्यसका लागि महिला लक्षित सीपमूलक काम गर्ने उपाय सुझ्यो।

विस्तृत
उनीहरु खलङ्गा, म लागें गोठिज्यूलातिर उनीहरु खलङ्गा, म लागें गोठिज्यूलातिर

बुधबार, साउन २६, २०७३

गमगढीबाट नेपालगन्ज झरेर विमानबाट काठमाडौं उत्रिंदा मलाई आफ्नो अनुहार अर्कै लाग्यो ।

'यताका गाईले तपाईंका तिरकाले जस्तो एउटैले १० लीटर पानीदूध दिने हैनन्, चारओटाले चार माना अमृत दिन्छन् ।'

'हाम्रा दाइभाइले कहाँ सुत्नुभो ? भनेर सोधे भने तपाईंकी बहिनी र म सँगै सुत्यौं भन्नु न है !'

विस्तृत
बरालको 'झ्यालबाट' बरालको 'झ्यालबाट'

शनिबार, साउन २२, २०७३

लीलानटेश्वर बरालले डराएर आफ्नो स्पष्टवादिता छाडेनन्। यो 'झ्यालबाट' ले नेपालमा नयाँ युग ल्याएको संकेत हो। त्यस किताबको प्रकाशनले ईश्वर बराललाई विद्यार्थीको तहबाट उचालेर एकाएक नेपाली साहित्यको वरिष्ठ समालोचक तथा इतिहासकारको थान्कामा पुर्‍याइदियो। त्यसपछि बरालजीले पछाडि फर्कनै परेन, उनी उत्तरोत्तर उच्चतातिर अग्रसर हुँदै गएर नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको उपकुलपतिको पदसम्म सुशोभित गर्नपुगे।

विस्तृत
एबोर्सनको पीडा एबोर्सनको पीडा

मंगलबार, साउन १८, २०७३

गर्भावस्थामा हल्का रक्तस्राव हुनु स्वाभाविक भए पनि मात्रा बढे गर्भ तुहिन सक्छ।

विस्तृत