कलाकार दशैंराम चमारको शव शंकास्पद अवस्थामा फेला
रौतहटमा एक कलाकारको शंकास्पद मृत्यु भएको छ । रौतहटको माधवनारायण नगरपालिका ५ मिठुअबा का ४५ वर्षीय दशैंराम चमारको माधवनारायण ४ मानपुर र ५ मिठुअबा गाउँको बिचको बाँसघारीमा सोमवार शव फेला परेको हो।
कम्मर र घुडामा लुकाएर ल्याएको सुन र नगदसहित एक जना भारतीय पक्राउ
भारत बिहार अररिया जिल्लाको जोगवनीबाट विराटनगरतर्फ आउँदै गरेका एक भारतीय नागरिक नगद र सुनसहित पक्राउ परेका छन्। प्रहरीले रु २४ लाख ५० हजार बराबरको सुन र ६ लाख ६२ हजार ६ सय नेपाली रुपैंयासहित जोगवनी नगरपञ्चायत १३ का दिपककुमार भगत (२५) लाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।