निर्मला पन्त हत्या घटना: सफाइ पाएका प्रहरीको निलम्बन फुकुवा
निर्मला पन्तको हत्या अनुसन्धानमा खटिएका प्रहरीमाथि चलाइएको मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट सफाइ पाएका प्रहरी कर्मचारीको निलम्बन फुकुवा भएको छ। निलम्बन फुकुवा भएपछि प्रहरी कर्मचारी काममा फर्केका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका तत्कालिन डिएसपी अंगुर जिसीले गृहमन्त्रालयबाट निलम्बन फुकुवाको पत्र प्राप्त भएको जानकारी दिए।
बझाङमा बलात्कारको घटना मिलापत्र गराएर प्रमाण नष्ट गर्नेहरू पक्राउ
बझाङमा बलात्कारको घटना मिलापत्र गराउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। बझाङको मस्टा गाउँपालिका, खिकालामा २६ साउनमा १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै गुपचुप पारेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।