उचाइ नाप्न सर्वोच्च शिखर टेकेको क्षण
हावाको भोक कति गहिरो र कति चाँडै लाग्छ भन्ने कुराको महसूस गर्न हिमाल चढ्नुपर्ने रहेछ। मलाई हावाको भोक कति गहिरो हुन्छ भन्ने कुरा सगरमाथाले बुझायो। अक्सिजन हावा हो। उचाइमा हावा धेरै लाग्छ। सबै हावा अक्सिजन होइनन्।
तेञ्जिङ-हिलारीले काठमाडौं टेकेको त्यो दिन!
त्यस घडीको एउटा अविस्मरणीय सम्झना बग्गीका अघि-अघि चार वटा घोडामा सवार भएका काठमाडौंका चार युवती थिए- इन्दिरा श्रेष्ठ, शान्ता श्रेष्ठ, कोकिला देवी र प्रभा श्रेष्ठ। बग्गीको अगुवाई गर्ने यी चार घोडसवार युवतीको चर्चा काठमाडौंमा धेरै समयसम्म छाएको थियो। सगरमाथाको त्यो विजय नेपालीहरूका लागि संसारै जितेको भन्दा ठूलो थियो।