HimalKhabar.com :: A Complete Nepali Political News Portal
बहुमूल्य पर्वतराज कञ्चनजंघा
बहुमूल्य पर्वतराज कञ्चनजंघा कञ्चनजंघा सजिलै भत्काउन सकिने, सियोको टुप्पो जस्तो सानो चुच्चो होइन। यो विशाल, भीमकाय र विस्तीर्ण मुद्राको, स्थूल र सुदृढ चुचुरो हो। यति हुँदाहुँदै पनि यो स्पष्ट र निर्दिष्ट बिन्दुमा अकाशिएको पनि छ।