HimalKhabar.com :: A Complete Nepali Political News Portal
कसले ल्याइदेला कैलीलाई काठमाडौं ?
कसले ल्याइदेला कैलीलाई काठमाडौं ? बाजुराको बडीमालिका नगरपालिका– ६ कोर्धकी कैली बडुवाल र उनका १० र ६ वर्षीया दुई जना छोरी नै दृष्टिविहीन छन्। काठमाडौंको तिलगंगा आँखा अस्पतालले कैलीसहित छोरीहरूको उपचार निःशुल्क गर्न सक्ने बताएको छ। तर, विपन्न कैलीलाई उपचारका लागि काठमाडौंसम्म ल्याइदिने कोही छैन।