HimalKhabar.com :: A Complete Nepali Political News Portal
द्वन्द्वकालीन मुद्दाः अब संक्रमणकालीन होइन, रूपान्तरणमुखी न्यायिक विधिले टुंग्याऊँ
द्वन्द्वकालीन मुद्दाः अब संक्रमणकालीन होइन, रूपान्तरणमुखी न्यायिक विधिले टुंग्याऊँ दण्डात्मकसँगै पुनस्र्थापन र वितरणमुखी न्यायको एकैसाथ पैरवी गर्ने रूपान्तरणमुखी न्यायिक विधिबाटै नेपालको द्वन्द्वोत्तर न्यायिक प्रक्रिया टुङ्ग्याउनु आवश्यक छ । अन्यथा विगत १४ वर्षदेखि चलिरहेको यो शृंखला अझै कति वर्षसम्म चल्ने हो भन्न सकिने छैन ।