HimalKhabar.com :: A Complete Nepali Political News Portal
केन्जिङ कति दूर ?
केन्जिङ कति दूर ? हर्षदीपले एउटा हिमाचली लोकगीत पनि गाएकी रहिछन्- 'माय नि मेरिए सिम्ले दि राहे चम्बा कितनि क दूर' बोलको। यही क्रममा थाहा पाएँ, यो गीत मोहित चौहान लगायतका भारतका धेरै उम्दा गायकले पनि गाइसकेका रहेछन्। लोकगायक शरण दासले यसलाई मौलिक स्वरूपमा मौलिक बाजाका साथ गाएका रहेछन्। हिमाचलका पुस्तौं पुस्ताका लोकसर्जकले यो गीतको शब्दलाई मिहिन तरिकाले कुँदेका रहेछन्, मीठो भाकामा ढालेका रहेछन्।