HimalKhabar.com :: A Complete Nepali Political News Portal
आखिर तपाईं को हो?
आखिर तपाईं को हो? आफू श्रेयष्कर प्राणी हुनुको यति ठूलो घमण्ड किन? के तपाईं दिन र रातलाई साटफेर गर्न सक्नुहुन्छ? धर्तीमा नौ लाख तारा उदाउन सक्नुहुन्छ? आकाशको रङ फेर्न सक्नुहुन्छ? यो धन, दौलत, ऐस, आराम, यो वैभव के तपाईं आफैंले सिर्जना गर्नुभएको हो? तपाईँ आफ्ना हत्केलाका रेखा सोझ्याउन सक्नुहुन्न, आफ्नै ललाटको भाग्य पढ्न सक्नुहुन्न, अनि तपाईं को?