HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘मच्छिन्द्रबहालमा भजन गाउने हिम्मत कसरी गर्‍यो नारायणगोपालले ?’
‘मच्छिन्द्रबहालमा भजन गाउने हिम्मत कसरी गर्‍यो नारायणगोपालले ?’ नारायणगोपाल (गुरुवाचार्य) लाई सबैले चिन्दछन्। सुनहरि चाहिं मेरा दिवङ्गत ससुरा हुनुहुन्थ्यो। काठमाडौंको पुरानो ठाउँ भेडासिंको जनबहाल वा मच्छिन्द्रबहालको हुनुहुन्थ्यो सुन्दरहरि प्रजापति। साथीहरूले उहाँको नाम छोट्टयाएर सुनहरि राखिदिए। मैले उहाँकी छोरी रञ्जनारानी प्रजापतिलाई बिहे गरेपछि म सुनहरिको ज्वाइँ हुन पुगेँ।