HimalKhabar.com :: A Complete Nepali Political News Portal
गोपाल योञ्जनः एक ‘सङ्गीत सन्न्यासी’
गोपाल योञ्जनः एक ‘सङ्गीत सन्न्यासी’ त्यस रात हाम्रो छुट्टी थियो। हामी रक्सी पिउँदै, गीत सुन्दै बसिरहेका थियौँ। नजाने कहाँबाट हाम्रो कोठामा गोपाल योञ्जन फुत्त झुल्कियो। सम्भवतः त्यस साँझ उसले रिञ्छेनसँग भेटेर आएको हुनुपर्छ। दुईबीच प्रेमको पालुवा पलाएको सुइँको हामीले पाइसकेका थियौं।