समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
अहिले पनि बाढीपहिरो आयो भनेर आत्तिन्छन् रोशीका विद्यार्थी
मेयर साम्पाङको धम्की विरुद्ध धरानमा मौन प्रदर्शन
बीमा प्राधिकरणका अध्यक्ष सिलवाल विरुद्ध मुद्दा दायर
गृहनगरको सम्मेलन बहिष्कारबाट शेखरले गरेको संकेत
तराईमा बिहानैदेखि हुस्सु र कुहिरो
किन चाहियो मर्यादित महीनावारी?
हिमालकर्मी दाहाललाई हर्क साम्पाङ समर्थकको धम्की
रवि लामिछानेलाई मध्यराति पोखरा लैजानु बाध्यता कि प्रतिशोध?
‘घरेलु हिंसाका घटनामा मेलमिलाप गराउनु हुँदैन’
अमेरिकाले नेपालमा खोजिरहेको ‘उडनतस्तरी दुर्घटना’को कथा (भिडिओ)
सम्पादकीय
किरण नेपाल
नेपाल–चीन सम्बन्धको व्यावहारिक परख
भारतले लगाएको नाकाबन्दीबाट भोग्नुपरेको कठिनाइलाई कम गर्ने मनोविज्ञान सहित उँचाइ लिएको नेपाल–चीन सम्बन्धको व्यावहारिक परीक्षण पनि हो, यो भ्रमण। प्रम ओली राजनीतिक संक्रमण समाप्तिपछिको स्थिर सरकारको आत्मविश्वास बोकेर चीन जाँदैछन् । अप्ठेरो पर्दा चिनियाँ सान्निध्य खोज्ने, तर सहज हुँदा द्विपक्षीय मामिलाका कैयौं विषयमा स्थिर नदेखिने भनेर नेपाली नेतृत्वबारे बेइजिङमा बाक्लिएको बुझाइ चिर्न पनि यो भ्रमणको विशेष महत्व छ ।
किरण नेपाल
गृहमन्त्रीको गलत ‘छापामार’ अभ्यास
पूर्व विद्रोही नेता थापाको नेतृत्व पाएको गृह मन्त्रालय अहिले वाह्वाही बटुल्न यति चलायमान छ कि उसका अगाडि अरू मन्त्रालय अस्तित्वमै देखिंदैनन् ।...लोकतन्त्रमा विधिको शासन हुन्छ, त्यसभित्र रहेर हरेक नागरिकले सरकारको कामकारबाही माथि प्रश्न गर्न सक्छन् । असीमित शक्ति अभ्यास गरिरहेको गृह मन्त्रालयले यो सत्यलाई मनन् गरेर ‘छापामार शैली’ त्याग्नु सबैको लागि श्रेयष्कर छ । -किरण नेपाल
किरण नेपाल
बजेट–२०७५/७६ः समृद्धि पहिल्याउने प्रस्थानविन्दु
धेरैको अपेक्षा र आशंका विपरीत अर्थशास्त्री अर्थमन्त्रीले बजेट अनुशासनमा जोड दिंदै वास्तविक आकार र यथार्थपरक अनुमानका आधारमा वार्षिक आय–व्यय विवरण पेश गरेका छन् ।
किरण नेपाल
सकारात्मक शुरूआत, परिणामको पर्खाइ
ओली नेतृत्वको सरकार आफ्नो कार्यकालका शुरूआती १०० दिनमै राजनीतिक स्थिरताको अनुभूत गराउन, विदेश सम्बन्धमा सहजता ल्याउन, प्रशासनलाई प्रभावकारी बनाउँदै बेथितिमाथि प्रहार गर्न र सुशासनतर्फ आशा जगाउन सफल देखिएको छ ।
किरण नेपाल
नेकपाको परीक्षण शुरु
माओवादी सहितको नेकपाको परीक्षण बल्ल शुरू भएको छ, जसमा तीन दशकदेखि लोकतान्त्रिक अभ्यासमा रहेको पूर्व एमाले नेतृत्वको पनि लोकतान्त्रिक प्रतिबद्धतामा पुनः परीक्षण हुनेछ । यसको शुरूआत संभवतः तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दशक लामो हिंसात्मक विद्रोहकालमा भएका युद्ध–अपराध र मानवता विरुद्धका अपराधका घटना निरुपणको विषयबाटै हुनेछ ।
किरण नेपाल
मोदी भ्रमणपछिको सम्बन्ध
मोदीका बोली र विचारले आम नेपालीको मन कति जित्ला र ‘सुधारिएको नेपाल–भारत सम्बन्ध’ आन्तरिक राजनीतिमा उनका लागि कति अनुकूल होला भविष्यले नै बताउनेछ, तर, नेपालीको समृद्धिको आकांक्षा पर्गेल्दै व्यक्त उनका विचारप्रति हामी सचेत हुनै पर्छ ।
किरण नेपाल
सिण्डिकेट अन्त्यको अवसर
सिण्डिकेट विरुद्धको पछिल्लो कदम यस्तो ‘केस स्टडी’ बनेको छ, जसको सफलता वा असफलताले सरकारप्रति विश्वास वा अविश्वासको चरण शुरु हुनेछ । त्यसैले आम जनताको साथ पाएको बहुमतप्राप्त सरकारसामु सिण्डिकेटलाई जरैदेखि उखेल्ने बाहेकको विकल्प छैन ।...२०५५ सालमा स्थापित यातायात व्यवसायी महासंघको यतिविघ्नको मनोमानी कसरी सम्भव भयो ? एकै घोषणामा सबै सवारी साधन बन्द गरेर खुलेआम सरकारलाई समेत धम्क्याउने हैसियतमा उनीहरू कसरी पुगे ? यसबारे घोत्लिनुपर्ने समय आएको छ । - किरण नेपाल
किरण नेपाल
क्रिकेट: केन्याको बाटो रोज्ने कि अफगानिस्तानको ?
अनेकन् प्रतिकूलताबीच पनि मूलतः खेलाडीहरूकै आत्मबल र क्षमताकै भरमा प्राप्त यो उपलब्धिको सन्देश हो– नेपाली क्रिकेटसँग अझ माथिल्लोस्तरको नतिजा ल्याउने क्षमता छ । र, अब त्यसलाई प्रमाणित गर्ने बेला आएको छ । नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकै वर्ष (सन् १९९६ मा) एकदिवसीय मान्यता पाएको र सन् २००३ को विश्वकपमा वेष्टइन्डिजलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको केन्या अहिले डिभिजन–३ मा झरेको छ । कारण, नेपालजस्तै राजनीतिक खिचातानी र भ्रष्टाचार नै हो । उता, सन् २००८ मा नेपालसँगै डिभिजन–५ खेलेको युद्धग्रस्त अफगानिस्तान अहिले टेष्ट मान्यताप्राप्त राष्ट्र बनेको छ । केन्याको बाटो रोज्ने कि अफगानिस्तानको ? नेपालसामु ज्वलन्त प्रश्न छ ।
किरण नेपाल
महाभूकम्पपछिको तीन वर्षः अवसर गुमेपछिको चुनौती
आन्तरिकसँगै परिवर्तित भूराजनीतिक परिघटनाहरू निम्त्याउने प्रस्थानविन्दु बनेको १२ वैशाख २०७२ को त्यो महाभूकम्प भने नेपाली मनोविज्ञानमा क्रमशः विस्मृतितर्फ धकेलिंदो छ । लाग्छ– ५६ सेकेण्डको त्यो कम्पन ज्यान गुमाएका झण्डै ९ हजार जनाका परिवारजनको स्मृतिमा मात्र जीवित छ ।... अव्यावहारिक नियम, कार्यविधि र निर्देशिका बनाउने अनि अलिपछि त्यसलाई उल्ट्याउने, सुल्ट्याउने– यस्तै यस्तैमा प्राधिकरण अल्मलिएको छ । तीन वर्षमा १५ प्रतिशत मात्र घर बन्नुले प्राधिकरणको क्षमता उदांगो पारेको छ । -किरण नेपाल
किरण नेपाल
समृद्धिको युगमा प्रवेशका शर्त
ढुङ्गारूपी नेपाल राज्यलाई अझ् बलियो बनाउने प्रक्रियामा सम्वत् २०७४ महत्वपूर्ण रह्यो । मुलुकलाई दुईदशक लामो संक्रमणकालबाट बाहिर निकाल्दै समृद्धिको आकांक्षा बोकाएर २०७४ बिदा भएको छ । र, समृद्धितर्फको यात्राको थालनी वर्ष भएको छ– २०७५ ।...निर्वाचनमा बहुमतप्राप्त वामगठबन्धनको सरकार निर्माणले समृद्धिको हुटहुटीलाई पंख फिंजाउन सघाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यो सरकारले समृद्धिको सपनालाई विपनामा बदल्न कुन विधि–प्रक्रिया अपनाउँछ, स्पष्ट भइसकेको छैन । - किरण नेपाल
किरण नेपाल
‘लोडसेडिङ काल’ को छानबिन गर (सम्पादकीय)
१५ लाखसम्म घरधुरीलाई उज्यालो दिन पुग्ने बिजुली सीमित पहुँचवालाहरूलाई अविच्छिन्न दिएर आम नागरिकलाई अँध्यारोमा राख्ने प्रपञ्च गरिएको थियो। हिमाल खबरपत्रिकाले गरेको अनुसन्धानबाट खुलेको छ– झण्डै एक दशकसम्म आम नेपालीले सहेको त्यो लोडसेडिङ विद्युत् व्यवस्थापनको असफलतासँगै नागरिक माथिको कपटपूर्ण धोकाको परिणति पनि थियो ।
किरण नेपाल
नेपाल–भारत सम्बन्ध, नयाँ सङ्कथन निर्माणको सँघारमा (सम्पादकीय)
प्रम ओलीको भारत भ्रमणलाई ‘सम्बन्ध सुधार’ मा मात्र सीमित गर्दा पछिल्ला वर्षहरूमा नेपालले प्राप्त गरेको भूराजनीतिक उँचाइको अवमूल्यन हुन्छ। यो भ्रमण ‘अस्थिरताभित्रको अनुकूल स्थिरता’ भन्ने भारतीय नीतिलाई चिर्दै नयाँ उँचाइको सम्बन्ध विकासमा केन्द्रित हुनुपर्छ।
किरण नेपाल
पिएमओः अत्यावश्यक शक्तिशाली स्वरुपमा
२०४६ सालको राजनीतिक परिवर्तनपछि मुलुकको प्रमुख कार्यकारीको जिम्मेवारीमा रहेका प्रधानमन्त्रीको कार्यालय राष्ट्रिय मञ्चमा आलंकारिक र प्रतिनिधित्वमूलक संस्थामा सीमित रहँदै आएको छ ।...प्रधानमन्त्री ओलीले दक्षता र विज्ञता भएका व्यक्तिहरूको टीममार्फत पिएमओ सञ्चालन गर्न सक्दा देशमा सुशासनको लागि यो कदम कोसेढुंगा सावित हुन सक्छ । - किरण नेपाल
किरण नेपाल
न्यायालयको मर्यादा पुनर्बहालीका लागि (सम्पादकीय)
न्यायालयको गरिमामा आँच पुर्याउने माध्यम बने पदमुक्त प्रधानन्यायाधीश गोपाल पराजुली । यो अवस्थाको लागि मुख्य जिम्मेवार भने राजनीतिक नेतृत्व हो, जसले संक्रमणकालका अप्ठेराहरू फुकाउन सहमतिको नाममा भागबण्डाको दलीय सिण्डिकेट बनाएर त्यसमार्फत निर्णयहरू गर्ने चलन बसाए । विधिको वहाली, विवेकको प्रयोग र विज्ञताको कदरबाट मात्र समाजमा खस्केको राज्य संयन्त्रहरूको विश्वास फर्काउन सकिन्छ । त्यसतर्फको शुरूआत न्यायालयको मर्यादा पुनर्बहालीका उपाय अवलम्बनबाट किन नगर्ने ?
किरण नेपाल
कहिल्यै नहारिने स्वतन्त्रताको लडाईं (विशेष सम्पादकीय)
आफू विरुद्ध उठेको आवाजलाई दबाउन आफ्नो पद र हैसियतको हदैसम्मको दुरुपयोग गरेका प्रधानन्यायाधीश पराजुलीले तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीकै नियति भोगेका छन् ।
किरण नेपाल
सरकारको एक महीना
सर्वसाधारणलाई विकासको सपना देखाएर निर्वाचन जितेको सरकारसँग विकासमा खर्च गर्न पर्याप्त रकम छैन । गाह्रो–सारोमा रकम माग्न जाने ठाउँ– ब्यांकहरू आफैं लगानीयोग्य पूँजीको अभावमा छन् ।...भूकम्पपीडित हुन् वा बाढीपीडित; बेरोजगार हुन् या पेशाकर्मी; कर्मचारी हुन् या व्यवसायी; किसान हुन् या गृहिणी– झापादेखि दार्चुलासम्मका नागरिकको चासो उनीहरूको दैनिकीलाई सहज पार्ने गरी सरकार के गर्दैछ भन्नेमा हुन्छ । - किरण नेपाल
किरण नेपाल
स्वतन्त्र न्यायालयको हितमा
मुलुकको न्यायिक नेतृत्वकै कारण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लिक बाहिर पुग्ने अवस्था देखेपछि हामी कान्तिपुर दैनिकलाई साथ दिन उससँगै उभिएका छौं।...सार्वजनिक प्रश्न उठिसकेपछि त्यसको सत्यतथ्य छानबिन गर्न प्रधानन्यायाधीशले सहजीकरण गर्नुपर्ने थियो, तर त्यसो भएन । उठेका प्रश्नहरूलाई सकेसम्म पन्छाउने, नसकेपछि प्रश्न गर्नेहरूलाई दण्डित गर्न उद्यत देखियो, न्यायिक नेतृत्व । - किरण नेपाल
किरण नेपाल
जनमतले गराएको एकता
झण्डै सात दशकसम्म विभिन्न चिरामा विभक्त हुँदै आएको नेपाल कम्युनिष्ट पार्टीलाई एक बनाउने दिशामा पछिल्लो एकता, यी दुई दलका लागि मात्र नभएर राष्ट्रिय राजनीतिको लागि समेत महत्वपूर्ण छ ।...प्रस्तावित नेकपालाई राष्ट्रिय राजनीतिको मुख्य धार बन्ने र आफूलाई प्रजातन्त्रको पहरेदार मान्ने नेपाली कांग्रेसको दीर्घकालीन विकल्पका रूपमा स्थापित हुने सुखद् संयोग पनि जुरेको छ– जनताले सत्ता चलाउन पठाएका कारण । - किरण नेपाल
किरण नेपाल
राजनीतिबाट राजकाजतर्फ (सम्पादकीय)
आफ्नो ‘नाफाको जीवन समृद्ध नेपाल र सुःखी नेपालीका लागि’ भन्ने गरेका ओलीले प्रधानमन्त्रीको रूपमा यतिखेर अराजकता र अव्यवस्थाले जड बनाएको मुलुकमा थाल्ने इमानदार राजकीय अभ्यासको पहिलो पाइलाबाटै अभूतपूर्व तरंग पैदा गर्ने निश्चित छ। राज्यका कुनै पनि संस्थामा स्फूर्ति छैन, सबै स्वार्थ र भ्रष्टाचारबाट जकडिएका छन् । यो अवस्थाको मुलुकको कमान सम्हाल्न पाउनु आफैंमा दुरुह अवसर हो, जो ओलीले पाएका छन् ।
किरण नेपाल
चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर (सम्पादकीय)
कम्तीमा विश्वविद्यालयहरूका उपकुलपति, रजिष्ट्रार, रेक्टर, विद्या परिषद् सदस्य, मेडिकल काउन्सिलका अध्यक्ष, रजिष्ट्रार जस्ता पदाधिकारीहरू इमानदार भइदिएको भए आज नेपालको मेडिकल शिक्षाको गुणस्तर धेरै माथि हुनेथियो। हाम्रो स्वास्थ्य सेवा र त्यसका अवरोधबारे चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ् आयोग २०७४ को प्रतिवेदनले छर्लङ्ग पारेर सुधारतर्फको बाटो देखाएको छ । त्यो बाटोमा पहिलो कदम भनेको आयोगको सिफारिश कार्यान्वयन नै हो ।
किरण नेपाल
संघीयताको परीक्षण शुरू
संघीय संरचना जनहिततर्फ उन्मुख हुन सकेन र त्यसको अभ्यास केन्द्रदेखि स्थानीय तहसम्म एउटा वर्ग र तप्काकै हितमा निहित हुनपुग्यो भने मुलुक फेरि पनि अव्यवस्थाको भुमरीमा पर्नेछ।...देशको आम्दानी र खर्चको वासलात परीक्षण गर्ने महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले स्थानीय सरकारहरू आर्थिक अराजकताको अखडा बन्दै गरेको देखाउनु संघीयताको अभ्यासमै खतराको घण्टी हो । -किरण नेपाल
किरण नेपाल
उत्साही नागरिक चेत (सम्पादकीय)
आफ्नो दैनन्दिनसँग जोडिएका थुप्रै पाटाहरूको खस्कँदो अवस्थाबाट चिन्तित आम नेपाली मूलतः आम निर्वाचन, संविधान कार्यान्वयन, स्थानीय सरकार गठन आदिबाट उत्साहित देखिन्छन् । ठूलो संख्याका नेपाली सत्ता सञ्चालकहरूप्रति वितृष्णा राखिकन पनि भन्छन्, “देशले लिएको मूल बाटो ठीक छ ।”
किरण नेपाल
सेनाको असह्य व्यापार (सम्पादकीय)
आफ्नै गौरवपूर्ण इतिहास कायम राख्न पनि नेपाली सेनाले अहिले आफ्नो बर्दीमा लागेको व्यापारिक धब्बा हटाउनै पर्छ। अन्यथा, सेना जस्तो सामरिक संस्थालाई नाफामुखी व्यापारको धमिराले खोक्रो बनाउने मात्र होइन, अनुशासनविहीन पनि बनाइदिन्छ।
किरण नेपाल
बाटो पहिल्याऊ, आम निराशा रोक
निर्वाचनको जनादेश अनुसार नयाँ सरकार गठनका लागि मार्गप्रशस्त नगरी बसेको कामचलाउ सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम समेत नतोकेर जनतामा निराशा बढाइरहेको छ ।
किरण नेपाल
निर्वाचन आयोग– जवाफ देऊ
व्यक्तिगत लाभ बाहेक अर्थोकमा रुचि नदेखाएका पदाधिकारीहरूले आयोगभित्र बढाएका वित्तीय अराजकताका कारण निर्वाचन अहिलेसम्मकै महँगो बन्नपुगेको छ ।
किरण नेपाल
ओलीलाई दुर्लभ अवसर
राष्ट्रिय राजनीति होस् या भूराजनीति– झण्डै तीन दशक लामो खुला राजनीतिक यात्रामा बेग्लै खाले विचार र अडानलाई आफ्नै खाले प्रस्तुतिबाट पेश गर्दै पृथक् व्यक्तित्व निर्माण गर्न सफल ओली अहिले नेपाली वाम आन्दोलनका सर्वसम्मत साझा नेता बन्न पुगेका छन् ।
किरण नेपाल
गाँठो फुकाउने उपाय
नयाँ सरकार बन्नु अगावै बहुमतप्राप्त वाम गठबन्धनमा दरार आउने र त्यसबाट निर्वाचनमा भोगेको पराजयको पीडा कम हुने अपेक्षा कांग्रेस नेतृत्वले राखेको आभास गर्न थालिएको छ ।
किरण नेपाल
संकट ननिम्त्याऊ
राष्ट्रिय सभाबेगर प्रतिनिधिसभा गठन नहुने र नयाँ सरकार बन्न नसक्ने कामचलाउ प्रधानमन्त्रीको तर्क संविधानको मर्म र संसदीय लोकतन्त्रको चरित्र प्रतिकूल मात्र छैन, यसले ताजा जनमतको पनि अपमान गरेको छ।
किरण नेपाल
सामेली राज्य प्रणालीको अपेक्षा
राज्य नै संक्रमणको चुलीमा पुगेको बेला समेत जोगाइएको लोकतन्त्रको अधिक भन्दा अधिक अभ्यास आवश्यक छ, संघीय सत्ताभ्यासको सफलताको लागि समेत ।
किरण नेपाल
हिंसालाई तत्काल तह लगाऊ
उम्मेदवार समेत निशाना बनिरहँदा प्रधानमन्त्री बेपर्वाह जस्तै देखिन्छन् । उनको अभिव्यक्ति सुन्दा लाग्छ– देशमा केही भएकै छैन ।
Previous
3
4
5
6
7
Next
समाचार
हिमालखबर
सैफ चक्किंदा सुदूरपश्चिमको शानदार जित
प्रारम्भिक ब्याटर सैफ जैबले उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी लायन्ससँगको खेलमा सुदूरपश्चिम रोयल्सले शानदार जित हासिल गरेको छ।
हिमालखबर
संक्रमणकालीन न्यायका पदाधिकारीका लागि ४० जना संक्षिप्त सूचीमा छनोट
संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका पदाधिकारीका लागि ४० जनालाई संक्षिप्त सूचीमा छनोट गरिएको छ।
हिमालखबर
पत्रकार महासंघको अध्यक्षमा पाँच जनाको उम्मेदवारी, कुन पदमा को? (सूची)
नेपाल पत्रकार महासंघको अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन्।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
बर्दियामा चार अर्ब लगानीमा टायल उद्योग, आयात विस्थापित हुने
बर्दियामा चार अर्ब रुपैयाँभन्दा बढीको लगानीमा टायल उद्योग सञ्चालनमा आएको छ।
क्यासिनो माजोङलाई चौथो पटक ‘बेस्ट क्यासिनो इन साउथएशिया’ अवार्ड
सोल्टी होटल परिसरमा रहेको क्यासिनो माजोङले चौथो पटक ‘बेस्ट क्यासिनो इन साउथएशिया’ अवार्ड पाएको छ।
तेह्रथुमकी निरुले किन गराइन् हङकङमा ‘लिम्बू क्याटवाक’?
लिम्बू भाषामा ‘थाक’ भनेको हाते तान हो। हाते तानबाट बुनिएको कपडालाई ‘थाका’ भनिएको र त्यो कालान्तरमा अपभ्रंश हुँदै ‘ढाका’ भएको हुन सक्ने विश्वास गरिन्छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.