कला/साहित्य बुधबार, मंसिर ११, २०७६

तारानाथ शर्मालाई सम पुरस्कार, गीता र पद्मालाई नारी रत्न

रासस

त्रिमूर्ति निकेतनले ‘सम र समका कृति’ मार्फत नाट्यसम्राट् बालकृष्ण समको महत्वपूर्ण दस्तावेज लेखन र नेपाली भाषासाहित्यको विशिष्ट योगदान गरेबापत प्राडा तारानाथ शर्मालाई रु एक लाख राशिसहित ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

आधुनिक कथा र उपन्यास सृजनाका माध्यमबाट नेपाली भाषा साहित्यमा गरेकोमा गीता केशरी र पद्मावती सिंहलाई संयुक्त रूपमा ‘नेपाली साहित्य नारीरत्न’को सम्मानसहित पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । ताम्रपत्रका साथै यो पुरस्कारको राशि रु एक लाख रहेको छ ।

शताब्दी पुरुष सत्यमोहन जोशीको उचाइ अभिवृद्धिका लागि समर्पित प्रसिद्ध कलाकार राजन काफ्ले र समाजसेवी श्रीगोपाल महर्जनलार्ई ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निर्णय भएको छ ।

त्रिमूर्ति निकेतनको भौतिक सम्भार र संरक्षणमा विशेष योगदान पुर्‍याएबापत मोहनकृष्ण सापकोटा र ढण्डुराज घिमिरेलाई ‘त्रिमूर्ति सेवा पदक’ समर्पण गर्ने निर्णय भएको छ ।

रु दश हजार राशिसहित यस वर्षको ‘भद्र घले पदक’ विश्वनारी नेपाली साहित्य सम्मेलनका संयोजक प्रा डा गार्गी शर्मालार्ई समर्पण गरिएको छ । भद्र घले पदक त्रिमूर्ति निकेतनका पदाधिकारी र सदस्यलाई मात्र अर्पित गरिन्छ ।

भद्रकुमारी घलेको सम्मानमा स्थापित यो पदक यसअघि शताब्दी पुरुष डा सत्यमोहन जोशी, खनुपरुदे रामबाबु प्रसाईं, डा मोदनाथ प्रश्रित, प्रा ठाकुर पराजुली, के.के. कर्माचार्य, हरिहर विरही र सलोमी लेप्चाले ग्रहण गरिसकेका छन् ।

 

प्रतिकृया दिनुहोस