थप समाचार मंगलबार, मंसिर १०, २०७६

मोटरसाइकल दुर्घटनामा जुम्लाका नेकपा नेताको मृत्यु

रासस

सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको क१प १०६ नम्बरको मोटरसाइकल गए राति बाँकेको चिसापानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा जुम्ला तातोपानी गाउँपालिका–४ का मनिकेश गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ। गौतम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाका स्थानीय नेता थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमका अनुसार गए राति करीब ८ः०० बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गौतमको घटनास्थलमै मृत्यु भएको थियो।

प्रतिकृया दिनुहोस