थप समाचार मंगलबार, मंसिर १०, २०७६

जनताका अपेक्षा हाम्रो पार्टीले पूरा गर्छ: बाबुराम भट्टराई

रासस

समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले देशको वैकल्पिक राजनीतिक शक्तिका रुपमा समाजवादी पार्टी आएको बताएका छन्।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचारप्रसारका क्रममा सोमबार पोखरा महानगरपालिकाको वडा नं १५ र १७ मा घरदैलो गर्दै भट्टराईले देशमा पुराना पार्टीले पटकपटक जितेर पनि पुरातन सोचबाट बाहिर ननिस्किएका कारण समाजवादी पार्टी नयाँ सोचका साथ राजनीतिमा आएको बताए।

जनताका अपेक्षालाई समाजवादी पार्टीले पूरा गर्ने बताउँदै उनले कास्की क्षेत्र नं २ मा पार्टीका उम्मेदवार धर्मराज गुरुङलाई जिताएर देशका निम्ति नयाँ सन्देश दिन आग्रह गरे।

चुनाव प्रचारप्रसारकै क्रममा पोखरा महानगरपालिका वडा नं १६ अर्मला पुगेका समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले देशविदेशमा प्राप्त अनुभवलाई राजनीतिमार्फत संसद्मा पुगी आफ्नै देशमा उपयोग गर्ने बताए।

प्रतिकृया दिनुहोस