थप समाचारबिहिबार, २१ कार्तिक , २०७६

अमेरिकाले नेपालको सामाजिक–आर्थिक रूपान्तरणमा निरन्तर सघाउने

रासस

अमेरिकाले नेपालको सामाजिक–आर्थिक रूपान्तरणका निम्ति निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडासँग बिहीबार अर्थमन्त्रालयमा भएको शिष्टाचार भेटमा अन्तर्राष्ट्रिय विकासका निम्ति अमेरिकी सहयोग नियोग

(यूएसएआईडी) को एशिया विभागका सहायक प्रशासक ग्लोरिया स्टेलीले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले सङ्घीयता कार्यान्वयनमा पनि अमेरिकी सहयोग जारी रहने बताए ।

प्रदेश र स्थानीय तहका सरकारको क्षमता अभिवृद्धिका निम्ति नेपालको विकासका अन्य साझेदारसँगको सहकार्यमा अमेरिकाले सघाउने उनले बताए ।

मन्त्री खतिवडाले नेपालको विकास प्रयासमा दशकौंदेखि अमेरिकाले गर्दै आएको सहयोगको सराहना गर्दै सार्वजनिक वित्त व्यवस्थापन प्रणालीलाई सुदृढ तुल्याउन पारदर्शिता र जवाफदेहितामा सरकार केन्द्रित रहेको जानकारी दिए ।

नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले नेपालको विकास प्रयासमा अमेरिकी साझेदारी अझ वृद्धि गर्न आफू क्रियाशील रहेको बताए ।

प्रतिकृया दिनुहोस