समाचारशनिबार, २ कार्तिक , २०७६

तिहारमा राजधानीवासीका लागि करीब २५ लाख माला आवश्यक

रासस

यहाँकाे उत्पादनले नपुग्ने भएपछि यस वर्षको तिहारमा पनि भारतबाट फूल र माला आयात हुने भएको छ ।   

राजधानीमा बसोबास गर्ने नेपालीका लागि वर्षैपिच्छे भारतबाट माला आयात हुने गरेको तथ्याङ्क छ ।

राजधानीवासीका लागि भाइटीकाको दिन झण्डै २५ लाख माला आवश्यक पर्ने फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का महासचिव विश्वमणि पोखरेलले जनाएका छन् ।

गत वर्ष झन्डै रु २० करोडका विभिन्न जातका फूल आयात भए पनि फूलको माग दैनिक बढिरहेको छ । उत्पादनमा भने खासै वृद्धि हुन सकेको पाइँदैन।

चार वर्ष पहिले नेपालले भारतबाट रु चार करोड मूल्य बराबरका विभिन्न फूल आयात गरेको तथ्याङ्क पाइन्छ । नेपालमा वर्षको पाँच करोडका दरले फूलको आयात बढ्दै गएको देखिन्छ ।

प्रतिकृया दिनुहोस