थप समाचारशुक्रबार, १० आश्विन , २०७६

 हङकङ र सिनजियाङमा कुनै हिंसात्मक हमला भएको छैन : चिनियाँ विदेशमन्त्री

रासस

चिनियाँ विदेशमन्त्री वाङ यीले सिनजियाङ र हाल हङकङको विषयलाई लिएर गरिएको आलोचना चीनमाथिका आधारहीन आलोचना भन्दै त्यसलाई अस्वीकार गरेका छन् ।

उनले स्वशासित क्षेत्र हङकङ र चीनकै सिनजियाङ प्रान्तको विषयलाई लिएर विना आधार चीनको आलोचना गर्ने गरिएको पनि बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७४ औँ महासभामा सहभागी हुने क्रममा हाल अमेरिकामा रहेका विदेशमन्त्री वाङलाई रोयटर्स समाचार समितिले गरेको प्रश्नको जवाफमा सो धारणा राखेका हुन् ।

उनले भने, “चीन यस्ता आधारहीन आलोचना स्वीकार गर्दैन ।” रोयटर्सलाई दिएको अन्तर्वार्तामा गएको तीन वर्षयता सिनजियाङमा कुनै हिंसात्मक हमला नभएको पनि दाबी गरे।

त्यहाँ आतङ्कवादका विरुद्धमा आवश्यक सुरक्षा व्यवस्था अपनाइएकाले यस्तो कुनै हिंसात्मक गतिविधि हुन नपाएको उनले बताए ।

उइगुर मात्र नभएर सो क्षेत्रमा रहेका विविध जातीय समूह र व्यक्तिहरूले पनि शान्तिपूर्ण रूपमा प्रतिफल लिइरहेका भन्दै विना आधार कसैलाई पनि आरोप नलगाउन सबैलाई आग्रह गरे।

प्रतिकृया दिनुहोस