शैक्षिक सत्र २०७६\०७७ का लागि चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थी भर्ना नलिने चेतावनी दिदै विज्ञप्ति निकालेको एक दिनपछि निजी मेडिकल कलेजका सञ्चालकले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कुर्सीबाट हटाउने धम्की दिएका छन् ।
नाेबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई सम्मानपत्र दिदै शिक्षामन्त्री गिरिराजमणि पाेखरेल । फाइल तस्वीर
६ असोजमा गृहमन्त्री रामबहादुर थापा र शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायत विभिन्न पदाधिकारीहरू सहभागी बैठकले मेडिकल कलेजहरूलाई विद्यार्थीबाट असुलेको अतिरिक्त रकम एक महीनाभित्र समायोजन वा फिर्ता गर्न समयसीमा दियो ।
उक्त बैठकले एक महीनाभित्र शुल्क समायोजन वा फिर्ता नगरे कलेजहरूलाई कारबाही गर्ने निर्णय गरेको थियो ।
सरकारले उक्त निर्णय गरे लगत्तै ८ असोजमा निजी मेडिकल कलेजहरूको छाता सङ्गठन एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले शैक्षिक सत्र २०७६\०७७ का लागि विद्यार्थी भर्ना नगर्ने चेतावनी दियो ।
सङ्गठनका तर्फबाट अध्यक्षसमेत रहेका वीरगञ्जको नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारीले सूचना निकालेर कलेजहरूमाथि चौतर्फी आक्रमण भएको भन्दै यस्तो चेतावनी दिएका हुन् ।
यसैबीच ९ भदौमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को ‘फरार’ सूचीमा रहेका विराटनगरको नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कुर्सीबाट हटाउने धम्की दिएका हुन् ।
शर्माले भने, “शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले अहिलेकै रबैया अपनाउनुभयो र पेलेर जान्छु भनेर सोच्नुभयो भने उहाँलाई कुर्सीबाट निकालेर फ्यालिदिन्छु ।”
कार्यक्रममा बोल्दै निजी मेडिकल कलेज सञ्चालकहरूले सरकारले तोकेको शुल्कमा विद्यार्थी भर्ना गर्न नसक्ने बताए ।
सरकारले कलेजहरूलाई विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क एक महीनाको समयसीमा दिएर फिर्ता वा समायोजन गर्न भनेपछि कलेज सञ्चालहरूले शिक्षामन्त्रीलाई पदबाटै हटाउने चेतावनी दिन थालेका हुन् ।
गृहमन्त्री र शिक्षामन्त्री सहित पदाधिकारी सम्मिलित बैठक ।
शिक्षामन्त्रीलाई पदबाट हटाउने चेतावनी दिएका नोबेलका सञ्चालक शर्मा सीबीआईको ‘अपरेसन क्वाक’ को सूचीमा परेपछि फरार भए ।
सीआईबीले उनी फरार भएको भन्दै पक्रिन सकेन ।
उनले विहार इन्टरमिडियट बोर्डबाट ‘प्लस टु’ गरेको नक्कली शैक्षिक प्रमाणपत्र देखाएर एमबीबीएस गरेको पत्ता लागेपछि सीआईबीले ‘क्वाक’ को सूचीमा राखेर ३ असार २०७३ मा पक्राउ गर्ने तयारी गरेको थियो ।
त्यो सुइँको पाएपछि शर्मा जापान भागेका थिए । नेपाल मेडिकल काउन्सिल अनुसार शर्माले चीनबाट लिएको एमबीबीएसको प्रमाणपत्र नक्कली हो।
नोबेल मेडिकल कलेजका शर्मा कांग्रेसको महासमिति सदस्य पनि हुन् ।
कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति हुँदा शर्मालाई एमबीबीएस अध्ययनका लागि नेपाली विद्यार्थी चीन पठाउनेदेखि महासमिति सदस्य बन्नसम्म सहयोग गरेका थिए ।
शर्माले नोबेल मेडिकल कलेजको शेयर हत्याउन माओवादीका नेता वर्षमान पुन मार्फत वाईसीएल परिचालन गरेर कलेज सञ्चालक नवराज पाण्डे र ज्ञानेन्द्र गिरीलाई काठमाडौं विमानस्थलबाट अपहरण गरेर काभ्रेको कामीडाँडामा बन्धक बनाएका थिए ।
चितवन मेडिकल कलेजका विद्यार्थी आन्दाेलनमा ।
नक्कली प्रमाणपत्र प्रकरण: सिआईबीको लिष्टमा डा. सुनिल शर्मा !
माफियालाई संरक्षण