मस्जिदमा नमाज पढ्दै महिला (तस्वीरहरू)
काठमाडौंका मस्जिदहरूमा बिस्तारै महिलाको प्रवेश हुन थालेको छ।
रमजानको अवसरमा काठमाडौंको बल्खुस्थित मस्जिदमा महिला नमाज पढिरहेका छन्। इस्लामिक सांस्कृतिक केन्द्रको भवनको तेस्रो तलामा महिलाका लागि नमाज पढ्ने व्यवस्था गरिएको छ। एक वर्षदेखि महिला पनि नमाज पढ्न मस्जिदमा पुग्न थालेका हुन्।
दक्षिणएशियामा प्रायः मस्जिदमा महिलाको उपस्थिति देखिंदैन। हजारौंको संख्यामा पुरुषले नमाज पढ्ने गरे पनि महिलाका लागि व्यवस्था गरिएको हुँदैन। पछिल्लो समय नेपालमा भने महिलाका लागि नमाज पढ्न मिल्ने व्यवस्था मिलाउन थालिएको हो।
.JPG)
यसको अर्को उदाहरण हो, सीतापाइलास्थित मस्जिद। त्यहाँ महिलाले नमाज पढ्न पाउने व्यवस्था मिलाइएको छ।
इस्लाम धर्मले मस्जिदमा महिलाका लागि पनि नमाज पढ्ने व्यवस्था गर्न जरूरी भनेको मुस्लिम अगुवा नजरुल हसन बताउँछन्। अहिलेसम्म महिलाहरूले घरमै नमाज पढ्ने गरेका थिए।
मुस्लिम धर्मगुरु हुसैन महिलालाई मस्जिदमा आएर नमाज पढ्न अनिवार्य नभए पनि कसैलाई इच्छा लागे आएर पढ्न सक्ने बताउँछन्। इच्छुक महिलाका लागि नमाज पढ्ने व्यवस्था गर्न थालिएको उनको भनाइ छ।
.JPG)
मुस्लिम समुदायमा महिला मस्जिदमा भेला हुन नपाउनुमा विभिन्न कारण छन्। मस्जिदहरूमा छुट्टै भवन र उचित बन्दोबस्त नहुँदा तथा मस्जिदका सञ्चालकले प्राथमिकता नदिंदा महिलाले मस्जिदमा आएर नमाज पढ्न नपाएको इस्लाम धर्मका जानकार मोहम्मद सलमान बताउँछन्। आवश्यक बन्दोबस्त गरेर मस्जिदभित्र महिलाका लागि नमाज पढ्ने वातावरण मिलाउनुपर्ने व्यवस्था इस्लाम धर्ममै रहेको सलमानको भनाइ छ।
काठमाडौंकै नेपाली जामे मस्जिदमा महिलालाई नमाज पढ्ने व्यवस्था गरिएको छ। त्यस्तै, महाराजगन्जस्थित मस्जिदमा पनि महिलाले नमाज पढ्ने गरेका छन्।
.jpg)
तराई-मधेशका मस्जिदमा पनि महिलाले नमाज पढ्दै आएका छन्। कपिलवस्तुको झण्डानगर, मुजहनी, चन्द्रौटा, सेमरी, पर्साको देउरबाना, रौतहटको कनकपुर, विराटनगरस्थित अमाननगर लगायत गाउँमा मस्जिदमा महिला भेला हुन्छन्। यस पटक रमजानमा महिला मस्जिदमा गएर नमाज पढिरहेका छन्।
यस वर्ष फागुन १८ गतेदेखि रमजान शुरू भएको छ। हिजरी संवत्को नवौं महीना शुरू भएसँगै चल्ने रमजानमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी समेत नपिई रोजा बस्ने चलन छ। यस पर्वमा महीनादिनसम्म उपवास बस्ने र असहाय तथा गरीबलाई दान गर्ने प्रचलन छ।
.JPG)
.JPG)
.jpg)
.jpg)
.JPG)
.jpg)