मोतिहारीमा मोदीका समर्थकलाई पछ्याउँदा (तस्वीरहरू)
![मोतिहारीमा मोदीका समर्थकलाई पछ्याउँदा (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/BIK_2263-1716344343.jpg)
मोदीका समर्थकले लगाएको ‘जय श्री राम’ को नारा करीब करीब ‘हेल हिटलर’ जस्तै सुनिन्थ्यो।
फोटो पत्रकारका रूपमा देश बाहिर गई काम गर्नु चुनौती सँगसँगै अवसर पनि हो। जेठ ८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चुनावी सभालाई सम्बोधन गर्न भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको मोतिहारी आउने तय भएको थियो।
यसलाई अवसरकै रूपमा लिएर म रक्सौलबाट मोतिहारी पुगें। त्यहाँ पुग्दा बिहानको १० बजेको थियो, मोदी आइपुग्न अझै एक घन्टा बाँकी थियो।
![BIK_2223.jpg](https://www.himalkhabar.com/uploads/editor/Foreign-Issues/modi/Bikas Rauniyar Modi 2024/BIK_2223.jpg)
समय सदुपयोग गर्न चुनावी माहोल खिच्न गान्धी मैदान प्रवेश गर्न खोजें। तर मसँग दिल्लीस्थित प्रधानमन्त्री कार्यालयबाट जारी भएको विशेष प्रेस प्रतिनिधि पत्र नभएकाले प्रवेश दिइएन। नेपाली प्रेस प्रतिनिधि पत्र स्वीकार हुने कुरै भएन।
यसपछि बाहिरै बसेर चुनावी सभाका सहभागी र मोदीका समर्थकका तस्वीर कैद गर्नतिर लागें। करीब एक घन्टापछि भने एक प्रहरी अधिकृतले मलाई गान्धी मैदान प्रवेश गर्न दिने बताए, तर मोदी जाने वेला मात्र।
म भित्र छिरिरहँदा सहभागी सभाबाट निस्कँदै थिए। यस्तै भए पनि तस्वीर लिएँ। यति वेला मोदीका समर्थकको व्यवहार भने हेरिनसक्नु थियो- उनीहरूले लगाएको ‘जय श्री राम’ को नारा करीब करीब ‘हेल हिटलर’ (हिटलरको जय होस्) जस्तै सुनिन्थ्यो।
![BIK_2322.jpg](https://www.himalkhabar.com/uploads/editor/Foreign-Issues/modi/Bikas Rauniyar Modi 2024/BIK_2322.jpg)
चुनावी सभामा सहभागीहरू भने खुला स्थानमै शौच गरिरहेका थिए। यो दृश्यले मलाई चाहिं सन् २०१४ तिर मोदीको पहिलो प्रधानमन्त्रीकाल याद दिलायो। त्यति वेला मोदी देवालय साटो शौचालय निर्माणलाई प्राथमिकतामा राख्थे, सन् २०२४ मा मोदीको प्राथमिकता ठ्याक्कै उल्टिएको छ।
भारतको लोक सभाका ५४३ मध्ये अहिलेसम्म पाँच चरणमा ४२८ सीटका लागि मतदान भइसकेको छ। अब ११५ सीटका लागि चुनाव हुन बाँकी छ।
छैटौं चरणमा जेठ १२ गते ५८ सीट र सातौं चरणमा जेठ १९ गते ५७ सीटका लागि मतदान हुनेछ।
![BIK_2387.jpg](https://www.himalkhabar.com/uploads/editor/Foreign-Issues/modi/Bikas Rauniyar Modi 2024/BIK_2387.jpg)
![BIK_2338.jpg](https://www.himalkhabar.com/uploads/editor/Foreign-Issues/modi/Bikas Rauniyar Modi 2024/BIK_2338.jpg)
![BIK_2360.jpg](https://www.himalkhabar.com/uploads/editor/Foreign-Issues/modi/Bikas Rauniyar Modi 2024/BIK_2360.jpg)
![BIK_2196.jpg](https://www.himalkhabar.com/uploads/editor/Foreign-Issues/modi/Bikas Rauniyar Modi 2024/BIK_2196.jpg)
![BIK_2215.jpg](https://www.himalkhabar.com/uploads/editor/Foreign-Issues/modi/Bikas Rauniyar Modi 2024/BIK_2215.jpg)
![BIK_2253.jpg](https://www.himalkhabar.com/uploads/editor/Foreign-Issues/modi/Bikas Rauniyar Modi 2024/BIK_2253.jpg)
![BIK_2332.jpg](https://www.himalkhabar.com/uploads/editor/Foreign-Issues/modi/Bikas Rauniyar Modi 2024/BIK_2332.jpg)