पाटनमा अष्टमानले कुदाए घोडा (तस्वीरहरू)
![पाटनमा अष्टमानले कुदाए घोडा (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/ghodejatra-patan-(8)-1712576026.jpg)
हरेक वर्ष चैत कृष्ण औंसीका दिन मनाइने घोडेजात्रा सोमबार पनि काठमाडौं उपत्यकामा धूमधामसँग मनाइएको छ।
यस अवसरमा सोमबार पाटनमा एक्लो घोडा कुदाएर जात्रा मनाइएको हो। पाटनको मूलचोकबाट अष्टमान महर्जनले घोडा कुदाएका थिए।
जात्राका अवसरमा पाटनका विभिन्न क्षेत्रको परिक्रमा गरिएको छ। बालकुमारी मन्दिरको तीन चक्कर लगाएपछि उक्त घोडालाई फेरि पाटनको मूलचोकमै फर्काइएको हो।
![ghodejatra patan (6).jpg](https://www.himalkhabar.com/uploads/editor/Culture/ghodejatra patan_2080/ghodejatra patan (6).jpg)
उहिल्यै टुँडिखेलको दक्षिण-पूर्वी किनारमा रहेको रूखमा वास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको जनविश्वास छ। स्थानीय बासिन्दाले राक्षसलाई मारेका थिए।
राक्षसको प्रेतात्मा फेरि जागा भएर बालबालिकालाई अनिष्ट गर्न सक्ने डरले स्थानीय बासिन्दाले घोडाको टापले कुल्चाएका थिए। त्यही परम्पराका आधारमा राक्षसको प्रेतात्मालाई कुल्चाउन घोडा कुदाउने प्रचलन छ।
![ghodejatra patan (7).jpg](https://www.himalkhabar.com/uploads/editor/Culture/ghodejatra patan_2080/ghodejatra patan (7).jpg)
![ghodejatra patan (13).jpg](https://www.himalkhabar.com/uploads/editor/Culture/ghodejatra patan_2080/ghodejatra patan (13).jpg)
![ghodejatra patan (2).jpg](https://www.himalkhabar.com/uploads/editor/Culture/ghodejatra patan_2080/ghodejatra patan (2).jpg)
![ghodejatra patan (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Culture/ghodejatra patan_2080/ghodejatra patan (1).jpg)
![ghodejatra patan (14).jpg](https://www.himalkhabar.com/uploads/editor/Culture/ghodejatra patan_2080/ghodejatra patan (14).jpg)
![ghodejatra patan (11).jpg](https://www.himalkhabar.com/uploads/editor/Culture/ghodejatra patan_2080/ghodejatra patan (11).jpg)
![ghodejatra patan (12).jpg](https://www.himalkhabar.com/uploads/editor/Culture/ghodejatra patan_2080/ghodejatra patan (12).jpg)