काठमाडौंमा सहकारीपीडितको प्रदर्शन (तस्वीरहरू)
![काठमाडौंमा सहकारीपीडितको प्रदर्शन (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/sahakari_7-1710407730.jpg)
देशभरका सहकारीपीडितले बचतकर्ताको रकम हिनामिना गर्नेहरूलाई कारबाहीको माग गर्दै बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन्।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघको अगुवाइमा देशका विभिन्न क्षेत्रबाट आएका पीडितले भृकुटीमण्डपमा प्रदर्शन गरेका हुन्। उनीहरू काठमाडौंका विभिन्न क्षेत्रबाट र्याली सहित भृकुटीमण्डप पुगेका हुन्।
उनीहरूले सहकारीको रकम हिनामिना गर्ने सञ्चालक, कर्मचारी तथा ऋणीलाई कारबाही गर्न माग गरेका छन्। त्यस्तै, बचतकर्ताको रकम फिर्ता हुने व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्।
![sahakari_1.jpg](https://www.himalkhabar.com/uploads/editor/Economics/sahakari/sahakari_1.jpg)
![sahakari_2.jpg](https://www.himalkhabar.com/uploads/editor/Economics/sahakari/sahakari_2.jpg)
![sahakari_3.jpg](https://www.himalkhabar.com/uploads/editor/Economics/sahakari/sahakari_3.jpg)
![sahakari_4.jpg](https://www.himalkhabar.com/uploads/editor/Economics/sahakari/sahakari_4.jpg)
![sahakari_5.jpg](https://www.himalkhabar.com/uploads/editor/Economics/sahakari/sahakari_5.jpg)
![sahakari_6.jpg](https://www.himalkhabar.com/uploads/editor/Economics/sahakari/sahakari_6.jpg)
![sahakari_8.jpg](https://www.himalkhabar.com/uploads/editor/Economics/sahakari/sahakari_8.jpg)