श्रद्धाञ्जली ‘सुरसम्राट्’
![श्रद्धाञ्जली ‘सुरसम्राट्’](https://www.himalkhabar.com/uploads/posts/800X600/Bhaktaraj_Funeral-1709018996.jpg)
८२ वर्षको उमेरमा भजनशिरोमणि भक्तराज आचार्यले सोमबार अन्तिम श्वास फेरे।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सोमबार साँझ मेडसिटी अस्पताल लगिएको थियो। अस्पताल पुर्याइएको केही बेरमै उनको निधन भएको थियो।
करीब ४०० गीतमा स्वर तथा संगीत भरेका आचार्य नेपाली संगीतका अद्वितीय प्रतिभा थिए। उनलाई सम्मानसाथ ‘सुरसम्राट्’ पनि भन्ने गरिन्छ।
![_Y0A5259.jpg](https://www.himalkhabar.com/uploads/editor/Music/BhaktarajAcharya/_Y0A5259.jpg)
मंगलबार आचार्यको पार्थिव शरीर संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो। उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न कलाकार, संगीतकर्मी तथा प्रशंसकहरू उपस्थित थिए।
![_Y0A5278.jpg](https://www.himalkhabar.com/uploads/editor/Music/BhaktarajAcharya/_Y0A5278.jpg)
![_Y0A5282.jpg](https://www.himalkhabar.com/uploads/editor/Music/BhaktarajAcharya/_Y0A5282.jpg)
२०४६ मंसीर १९ गते सांघातिक आक्रमणमा परेका आचार्यको क्यान्सरका कारण २०५० सालमा जिब्रो काट्नुपरेपछि करीब तीन दशकदेखि उनको गायन यात्रा रोकिएको थियो। आचार्यका दुई छोराहरू सत्यराज र स्वरूपराज आचार्यले बुबाको बिंडो थामिरहेका छन्।
![B51X5705.jpg](https://www.himalkhabar.com/uploads/editor/Music/BhaktarajAcharya/B51X5705.jpg)
१९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको परिवार २००० सालमा भारतको पश्चिम बंगालस्थित डुवर्समा बसाइँ सरेको थियो। उनी २०३० सालमा रेडियो नेपालको आधुनिक गायन प्रतियोगितामा प्रथम भएर व्यावसायिक गायनमा प्रवेश गरेका थिए। आचार्यका ‘हजार सपनाहरूको माया लागेर आउँछ’, ‘जति चोट दिन्छ्यौ देऊ मायालु’ जस्ता प्रेमिल र ‘जहाँ छन् बुद्धका आँखा’ जस्ता देशप्रेमी गीत एवं ‘एक दिन मैले प्रभुसँग सोधें’ जस्ता भजन नेपाली स्रोतामाझ चर्चित छन्।