खुलामञ्चलाई खुला राख्न प्रदर्शन (तस्वीरहरू)
![खुलामञ्चलाई खुला राख्न प्रदर्शन (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/tudikhel_1-1708329858.jpg)
काठमाडौंको खुलामञ्चलाई खुला राख्नुपर्ने माग गर्दै सोमबार प्रदर्शन गरिएको छ।
नागरिक अगुवाको नेतृत्वमा विभिन्न क्षेत्रका व्यक्तिले प्रदर्शन गरेका हुन्। उनीहरूले ‘खुलामञ्च खुला नै रहोस्’ भन्दै दबाब दिएका छन्।
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा भौतिक संरचना निर्माण गर्न खोजेको भन्दै आलोचना हुँदै आएको छ। महानगरका मेयर बालेन्द्र साह (बालेन)ले खुलामञ्चमा कुनै संरचना निर्माण नहुने र खुला नै राखिने सामाजिक सञ्जाल मार्फत जनाएका थिए।
![tudikhel_3.jpg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/khulamancha_2080/tudikhel_3.jpg)
खुलामञ्चमा भौतिक संरचना निर्माणका लागि यसअघि पनि पटक पटक प्रयास भएका थिए। कहिले भूमिगत पार्किङ त कहिले फूटबल मैदान बनाउने तयारी गरिंदै आएको छ। सबै क्षेत्रबाट विरोध भएपछि महानगरपालिका पछि हट्दै आएको छ।
यस पटक पनि खुलामञ्चलाई खुला नै राख्न दबाब दिन नागरिक अगुवाले प्रदर्शन गरेका हुन्। उनीहरूले खुलामञ्च सहित टुँडिखेललाई नै खुला राख्नुपर्नेमा जोड दिएका छन्।
![tudikhel_6.jpg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/khulamancha_2080/tudikhel_6.jpg)
![tudikhel_7.jpg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/khulamancha_2080/tudikhel_7.jpg)
![tudikhel_8.jpg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/khulamancha_2080/tudikhel_8.jpg)
![tudikhel_2.jpg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/khulamancha_2080/tudikhel_2.jpg)