मेयर बालेन साह विरुद्ध प्रदर्शन (तस्वीरहरू)
देशका विभिन्न भागबाट आएका पीडितले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह विरुद्ध बिहीबार प्रदर्शन गरेका छन्।
सरकारले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेपछि पीडितहरू खुलामञ्चमा प्रदर्शन गर्न खोजेका थिए। महानगरले रोक लगाएपछि पछिल्लो समय रत्नपार्कस्थित शान्ति वाटिकामा प्रदर्शन गर्दै आएका थिए।
अहिले आएर महानगरले शान्ति वाटिकामा विरोध प्रदर्शनमा पनि रोक लगाएको छ। धर्नामा बस्दै आएका पीडितलाई लखेटेर शान्ति वाटिकाको गेटमा ताला लगाएको छ।
पीडितहरूले त्यसको विरोध गरेका हुन्। उनीहरूले महानगरका मेयर साहको विरोध गर्दै शान्ति वाटिका बाहिर प्रदर्शन गरेका छन्।
देशका विभिन्न भागबाट हिंसापीडित, मिटरब्याजपीडित, सुकुम्बासी न्यायका लागि काठमाडौं आएका छन्। उनीहरूले देशको राजधानीमा न्यायको माग गर्दै बस्ने ठाउँ पाएका छैनन्।