‘प्रधानमन्त्री, हामी पनि यहीं छौं’ (तस्वीरहरू)
![‘प्रधानमन्त्री, हामी पनि यहीं छौं’ (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/nsu_5-1705835822.jpg)
काठमाडौंको माइतीघर मण्डललाई निषेधित क्षेत्र घोषणा गरेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ।
सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले आइतबार माइतीघर मण्डलमा प्रदर्शन गरेको हो। प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
सरकारले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ। त्यस्तै, राष्ट्रपतिको कार्यालय रहेको शीतल निवास, प्रधानमन्त्री निवास रहेको बालुवाटार क्षेत्रमा पनि प्रदर्शन गर्न रोक लगाएको छ।
![nsu_2.jpg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/nsu_maitighar/nsu_2.jpg)
यसको विरोधमा नेविसंघले माइतीघर मण्डलमा प्रदर्शन गरेको हो। प्रदर्शनमा उत्रिएका विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठले माइतीघर मण्डलमै धर्नामा बसेको तस्वीर सहित प्रदर्शन गरेका हुन्।
२०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि दाहाल, नेपाल लगायत तत्कालीन नेकपाका नेताहरू माइतीघर मण्डल पुगेका थिए। उनीहरूले ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए।
![nsu_3.jpg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/nsu_maitighar/nsu_3.jpg)
अहिले त्यही माइतीघर मण्डललाई निषेधित क्षेत्र बनाएपछि विद्यार्थी विरोधमा उत्रिएका हुन्। आजै बिहान पनि नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिले विरोध प्रदर्शन गरेको थियो।
यसअघि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले पनि प्रदर्शन गरेका थिए। डा. केसीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यस्तै, नागरिक अभियन्ताले पनि प्रदर्शन गरेका थिए।
![nsu_6.jpg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/nsu_maitighar/nsu_6.jpg)
![nsu_7.jpg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/nsu_maitighar/nsu_7.jpg)
![nsu_8.jpg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/nsu_maitighar/nsu_8.jpg)
![nsu_9.jpg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/nsu_maitighar/nsu_9.jpg)