चाडपर्व सकिएसँगै धान भित्र्याउने चटारो (तस्वीरहरू)
चाडपर्वको रमाइलो सकिएसँगै किसानलाई खेतीपातीको चटारो शुरू भएको छ।
देशका कतिपय भागमा धान भित्र्याइसकिएको छ भने कतिपय ठाउँमा धान भित्र्याउन थालिएको छ। धान भित्र्याइसकेपछि किसान गहुँ छर्ने तयारीमा जुटेका छन्।
यति वेला ललितपुरको बुङमतीमा भने धान भित्र्याइँदै छ। केही किसानले धान भित्र्याइसकेका छन् भने केही चाडपर्व सकिएसँगै धान भित्र्याउन थालेका छन्।