नागपञ्चमीका तस्वीरहरू
![नागपञ्चमीका तस्वीरहरू](https://www.himalkhabar.com/uploads/posts/800X600/369293416_190798330676812_1295658771889549974_n_1692600034.jpg)
नागपञ्चमीको अवसरमा नक्सालस्थित नागपोखरीमा भेला भई दर्शनार्थीहरू पूजा आराधना गर्छन्।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परा अनुसार नागको पूजा-अर्चना गरी घरका मूलढोकामाथि नागको चित्र टाँसेर मनाइएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/Culture/Nag%20Panchami/2080/369284959_861712765486021_3075077121808936150_n.jpg)
यसरी नागको तस्वीर टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिने विश्वास गरिन्छ।
सर्पको राजा मानिने नागलाई वर्षाको विम्ब पनि मानिन्छ। नाग रिसाए पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो।
![](https://www.himalkhabar.com/uploads/editor/Culture/Nag%20Panchami/2080/369042882_1037957177575699_4124821332317274879_n.jpg)
काठमाडौं जनबहालका ६२ वर्षीय नरेन्द्र चित्रकार हरेक वर्ष नागको चित्र बनाउँछन्। नागपञ्चमी आउनु केही दिनअघिदेखि उनी नागको चित्र बनाउने गर्छन्।
![](https://www.himalkhabar.com/uploads/editor/Culture/Nag%20Panchami/2080/369328806_621787816754088_3013329986810419073_n.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Culture/Nag%20Panchami/2080/369427406_318871203947197_5754535183040047521_n.jpg)
नागपञ्चमीको अवसरमा नक्सालस्थित नागपोखरीमा भेला भई दर्शनार्थीहरू पूजा-आराधना गर्छन्।
![](https://www.himalkhabar.com/uploads/editor/Culture/Nag%20Panchami/2080/369283933_283776567685010_3501877301506739709_n.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Culture/Nag%20Panchami/2080/369550575_848470976426345_5392733114653524565_n.jpg)