जोख्न थालियो विमानस्थलबाट बरामद सुन (तस्वीरहरू)
![जोख्न थालियो विमानस्थलबाट बरामद सुन (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/gold_nrb_(2)_1692003193.jpg)
राजस्व अनुसन्धान विभागले बरामद गरेको करीब १०० किलो सुन जोख्न थालिएको छ।
हङकङबाट आएको करीब १०० किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भएर निस्केपछि साउन ३ मा राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो। स्कूटरको ‘ब्रेक-शू’ मा ल्याइएको सुन विभागले जोख्नका लागि नेपाल राष्ट्र ब्यांकमा पठाएको थियो।
![](https://www.himalkhabar.com/uploads/editor/Crime/gold/gold_1689957464.jpg)
राष्ट्र ब्यांकको टक्सार महाशाखामा सोमबारदेखि सुन जोख्न थालिएको हो। ‘ब्रेक-शू’ मा रहेको सुन पगालेर जोख्न थालिएको महाशाखाले जनाएको छ।
यस प्रकरणमा अनुसन्धानको जिम्मा विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिएको छ। सुन तस्करी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्। थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/Crime/gold/gold%20nrb%20(1).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Crime/gold/gold%20nrb%20(4).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Crime/gold/gold%20nrb%20(3).jpg)