सहकारीपीडितद्वारा काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)
![सहकारीपीडितद्वारा काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/sahakari_(11)_1691056743.jpg)
सहकारीबाट पीडित सर्वसाधारणले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन्।
सहकारीमा राखेको बचत फिर्ता गराउन सरकारले पहल गर्नुपर्ने माग गरी पीडित प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले माइतीघर मण्डलबाट बानेश्वर पुगेर प्रदर्शन गरेका हुन्।
माइतीघरबाट नयाँ बानेश्वर गइरहेका प्रदर्शनकारीमाथि बिजुली बजारमा प्रहरीले हस्तक्षेपत गरेको थियो। प्रहरी र प्रदर्शनकारीबीच धक्कामुक्का हुँदा केही प्रदर्शनकारीलाई चोट पनि लागेको छ।
सर्वसाधारणले विभिन्न सहकारीमा बचत गरेको रकम फिर्ता पाएका छैनन्। कतिपय सहकारी डुबेका छन् भने कतिपयले रकम फिर्ता दिइरहेका छैनन्।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/sahakari/sahakari%20%282%29.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/sahakari/sahakari%20(3).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/sahakari/sahakari%20(4).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/sahakari/sahakari%20(5).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/sahakari/sahakari%20(6).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/sahakari/sahakari%20(9).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/sahakari/sahakari%20(10).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/sahakari/sahakari%20(12).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/sahakari/sahakari%20(1).jpg)