गाँजाको प्रतिबन्ध हटाउन माग गर्दै प्रदर्शन (तस्वीरहरू)
_1689404743.jpg)
गाँजाको प्रयोगमा लगाइएको प्रतिबन्ध हटाउन माग गर्दै शनिबार काठमाडौंको महाराजगन्जमा प्रदर्शन गरिएको छ।
गाँजा खुलाउने अभियानमा संलग्न व्यक्तिहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले गाँजाको प्रयोगमा लगाइएको प्रतिबन्धले किसानसँगै देशलाई नै घाटा भइरहेको तर्क गरेका छन्।
नेपालमा ५० वर्षअघि आजकै दिन गाँजाको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो। त्यति वेला संयुक्त राष्ट्रसंघ र अमेरिकाको दबाबमा प्रतिबन्ध लगाइएको थियो। अहिले अमेरिकामा पनि गाँजाको प्रयोग हुन थालेकाले नेपालमा प्रतिबन्ध लगाइराख्नुपर्ने आवश्यकता नभएका उनीहरूको भनाइ छ।

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)