सिंहदरबारमा छड्के, हाजिर लगाएर हिंड्ने कर्मचारी कारबाहीमा (तस्वीरहरू)
![सिंहदरबारमा छड्के, हाजिर लगाएर हिंड्ने कर्मचारी कारबाहीमा (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/singh_durbar_(7)_1686807627.jpg)
सिंहदरबारमा कार्यरत कर्मचारी हाजिर गरेर दिनभरि हराउने गरेको गुनासो बढेपछि राष्ट्रिय सतर्कता केन्द्रले बिहीबार छड्के अनुगमन गरेको छ।
देशको मुख्य प्रशासनिक केन्द्रमा हुनुपर्ने कर्मचारी हाजिर गरेर हिंड्ने गरेपछि कार्यसञ्चालनमा कठिनाइ आएको भन्दै सतर्कता केन्द्रमा उजुरी परेको थियो। केन्द्रले गर्ने नियमित अनुगमन अन्तर्गत बिहीबार पनि छड्के अनुगमन गरिएको उपसचिव हरिप्रसाद शर्माले बताए।
केन्द्रले सिंहदरबारका सबै मुख्य गेटमा अनुगमन गरेको छ। हाजिर गरेर हिंड्ने प्रवृति रोक्न अनुगमन गरिएको शर्माको भनाइ छ।
यसरी हाजिर गरेर हिंड्ने कर्मचारीलाई कारबाही गरिने उनले बताए। “हामी यो अनुगमन नियमितजसो गर्छौं, कति कर्मचारी हाजिर गरेर हिंड्छन् भन्ने एकीकृत रिपोर्ट पनि निकाल्छौं,” शर्माले भने।
![](https://www.himalkhabar.com/uploads/editor/government/singh%20durbar/singh%20durbar%20%281%29.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/government/singh%20durbar/singh%20durbar%20(2).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/government/singh%20durbar/singh%20durbar%20(3).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/government/singh%20durbar/singh%20durbar%20(4).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/government/singh%20durbar/singh%20durbar%20(5).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/government/singh%20durbar/singh%20durbar%20(6).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/government/singh%20durbar/singh%20durbar%20(8).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/government/singh%20durbar/singh%20durbar%20(9).jpg)