नागरिकताका लागि आँखामा पट्टी बाँधेर प्रदर्शन (तस्वीरहरू)
![नागरिकताका लागि आँखामा पट्टी बाँधेर प्रदर्शन (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/nagarikata_(3)_1686225963.jpg)
नागरिकताबाट वञ्चित युवाले नागरिकता विधेयक कार्यान्वयनको माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।
नागरिकताविहीन संघर्ष समितिको अगुवाइमा पीडित युवाले बिहीबार माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरूले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन गर्न माग गरेका छन्।
![](https://www.himalkhabar.com/uploads/editor/social/citizenship/nagarikata%20%281%29.jpg)
त्यस्तै, नागरिकता सम्बन्धी संविधानको व्यवस्था लागू गर्न, जन्मसिद्ध र एकल आमाका सन्तानलाई नागरिकता प्रदान गर्न तथा आमाको नामबाट नागरिकता प्रदान गर्ने व्यवस्था गर्न माग गरेका छन्।
उनीहरूले नागरिकता पाउनुपर्ने अधिकारबाट वञ्चित नबनाउन सर्वोच्च अदालतसँग आग्रह गरेका छन्। राष्ट्रपतिले प्रमाणीकरण गरिसकेको नागरिकता विधेयकलाई कार्यान्वयन नगर्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो। जसले गर्दा कार्यान्वयनमा आउन सकेको छैन।
![](https://www.himalkhabar.com/uploads/editor/social/citizenship/nagarikata%20(5).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/social/citizenship/nagarikata%20(4).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/social/citizenship/nagarikata%20(6).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/social/citizenship/nagarikata%20(2).jpg)