नौ दिने बिस्काः जात्रा शुरू (तस्वीरहरू)
![नौ दिने बिस्काः जात्रा शुरू (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/biska_jatra_(5)_1681135556.JPG)
भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा सोमबारदेखि शुरू भएको छ।
तौमढीस्थित भैरवको रथमा सोमबार बिहानै पूजा गरी जात्राको शुरुआत गरिएको हो। यो जात्रा नौ दिनसम्म मनाइन्छ।
बिस्काः जात्राका लागि सोमबार बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरिएको गुठी संस्थान कार्यालयकी प्रमुख खिमा वलीले बताइन्।
पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याइ खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा शुरू गरिएको छ। रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिबाहेक अन्य व्यक्ति चढ्न नदिने वलीले बताइन्।
![](https://www.himalkhabar.com/uploads/editor/Culture/biska%20jatra_2079/biska%20jatra%20%286%29.JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Culture/biska%20jatra_2079/biska%20jatra%20(3).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Culture/biska%20jatra_2079/biska%20jatra%20(2).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Culture/biska%20jatra_2079/biska%20jatra%20(1).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Culture/biska%20jatra_2079/biska%20jatra%20(4).JPG)