प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडित पक्राउ (तस्वीरहरू)
![प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडित पक्राउ (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/singh_durbar_(1)_1680859180.JPG)
सिंहदरबार अगाडि विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितलाई प्रहरीले पक्राउ गरेको छ।
पाँच दिनदेखि रत्नपार्कस्थित शान्तिवाटिकामा धर्ना दिइरहेका मिटरब्याज पीडितले शुक्रबार सिंहदरबार अगाडि प्रदर्शन गरेका थिए। प्रदर्शनमा उत्रिएका एक दर्जनभन्दा बढी मिटरब्याज पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरू एक साताअघि पश्चिम तराईका जिल्लाबाट काठमाडौं आएका थिए। सरकारले वास्ता नगरेपछि उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।
सिंहदरबार अगाडि शान्तिपूर्ण प्रदर्शन गरिरहेका मिटरब्याज पीडितलाई प्रहरीले बल प्रयोग गरेर पक्राउ गरेको मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदूर संघर्ष समितिका अध्यक्ष अवधेश कुसवाहाले बताए।
मिटरब्याज पीडितहरू फर्जी तमसुक खारेज गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन्। तराई-मधेशका जिल्लाबाट काठमाडौं आएका उनीहरूले माग पूरा नहुँदासम्म घर नफर्किने बताएका छन्।
![](https://www.himalkhabar.com/uploads/editor/social/singh%20durbar/singh%20durbar%20%281%29.JPG)
![](https://www.himalkhabar.com/uploads/editor/social/singh%20durbar/singh%20durbar%20(2).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/social/singh%20durbar/singh%20durbar%20(3).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/social/singh%20durbar/singh%20durbar%20(4).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/social/singh%20durbar/singh%20durbar%20(6).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/social/singh%20durbar/singh%20durbar%20(7).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/social/singh%20durbar/singh%20durbar%20(8).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/social/singh%20durbar/singh%20durbar%20(9).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/social/singh%20durbar/singh%20durbar%20(5).JPG)