थला परे मिटरब्याज पीडित (तस्वीरहरू)
![थला परे मिटरब्याज पीडित (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/bardibas_to_ktm_(3)_1680086705.JPG)
बर्दिबासबाट हिंडेर काठमाडौं पुगेका मिटरब्याज पीडितहरू थला परेका छन्।
महोत्तरीको बर्दिबासबाट १२ दिन हिंडेर काठमाडौं पुगेका उनीहरू बिरामी परेका हुन्। “कतिपय मधेशबाट पहाड उक्लिएका थिएनन्। यताउता जाँदा पनि साइकलमा जान्थे। पहाडको उकालो-ओरालो लगातार १२ दिन हिंड्दा बिरामी परेका छौं,” मिटरब्याज विरुद्धको संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले भने।
चैत २ गते बर्दिबासबाट हिंडेका ७५ जना मिटरब्याज पीडित चैत १३ गते काठमाडौं पुगेका थिए। उनीहरूले खुलामञ्चमा बस्न खोजेका थिए। तर, काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)ले बस्न दिएनन्। मेयर साहले नगर प्रहरी लगाएर रोकेपछि उनीहरू रातभर सडकमै बसेका थिए।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/bardibas%20to%20ktm/bardibas%20to%20ktm%20%289%29.JPG)
त्यसपछि तमू बौद्ध सेवा समितिले आश्रय दिएको थियो। दुई दिनदेखि अनामनगरस्थित तमू बौद्ध सेवा समितिको हलमा आश्रय लिइरहेका उनीहरू बिरामी परेका छन्। “सबै थला परेका छौं। ज्वरो आउने, शरीर दुख्ने भइरहेको छ,” संयोजक पासवानले भने।
हिंडेर आउनेमा शिशु सहित आएका आमाहरूदेखि वृद्धवृद्धासम्म छन्। विशेष गरेर वृद्धवृद्धालाई सकस भइरहेको छ।
सरकारले उनीहरूसँग वार्ता गर्न समिति गठन गरेको छ। समितिले छलफल गर्न खोजे पनि आफूहरूले नसकेको पासवानले बताए। “अलि सन्चो भएपछि कुराकानी गर्छौं,” उनले भने।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/bardibas%20to%20ktm/bardibas%20to%20ktm%20(8).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/bardibas%20to%20ktm/bardibas%20to%20ktm%20(2).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/bardibas%20to%20ktm/bardibas%20to%20ktm%20(10).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/bardibas%20to%20ktm/bardibas%20to%20ktm%20(11).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/bardibas%20to%20ktm/bardibas%20to%20ktm%20(12).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/bardibas%20to%20ktm/bardibas%20to%20ktm%20(4).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/bardibas%20to%20ktm/bardibas%20to%20ktm%20(7).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/bardibas%20to%20ktm/bardibas%20to%20ktm%20(1).JPG)