रमजानको नमाज (तस्वीरहरू)
![रमजानको नमाज (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/ramadan_(2)_1679648530.JPG)
इस्लाम धर्मावलम्बीको महत्त्वपूर्ण पर्व रमजान शुरू भएको छ।
मस्जिदमा नमाज (प्रार्थना) गर्दै रमजानको शुरूआत गरिएको छ। काठमाडौंको जामे मस्जिदमा पनि बिहानैदेखि इस्लाम धर्मावलम्बीले नमाज गरेर रमजानको शुरूआत गरेका छन्।
यो पर्व एक महीनासम्म मनाउने गरिन्छ। यो अवधिमा सूर्योदय भएदेखि सूर्यास्त नहुँदासम्म पानी पनि पिउने गरिंदैन। यसरी निराहार बस्नुलाई रोजा भनिन्छ। शुद्ध भएर रोजा बस्ने प्रचलन छ। रमजानको अवधिमा गरीब तथा असहायलाई सहयोग गर्ने परम्परा छ।
![](https://www.himalkhabar.com/uploads/editor/Culture/ramadan/ramadan%20(5).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Culture/ramadan/ramadan%20(6).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Culture/ramadan/ramadan%20(4).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Culture/ramadan/ramadan%20(3).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Culture/ramadan/ramadan%20(1).JPG)