तस्वीरमा सुवास नेम्वाङको उम्मेदवारी दर्ता
![तस्वीरमा सुवास नेम्वाङको उम्मेदवारी दर्ता](https://www.himalkhabar.com/uploads/posts/800X600/subash_nemwang_(3)_1677310732.jpg)
नेकपा (एमाले)बाट सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली सहित शनिबार मध्याह्न नयाँ बानेश्वरस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले उम्मेदवारी दिएका हुन्। गत मंसीर ४ गते भएको निर्वाचनमा उनी इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ। त्यसका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/president/election_2079/subash%20nemwang_1.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/president/election_2079/subash.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/president/election_2079/subash%20nemwang%20(1).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/president/election_2079/subash%20nemwang%20(2).jpg)