विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन (तस्वीरहरू)
![विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/candillight_(2)_1673876137.JPG)
पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका चालक दलका सदस्य तथा यात्रुको सम्झनामा दीप प्रज्वलन गरिएको छ।
नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)का कर्मचारीले सोमबार साँझ मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन्। उनीहरूले निगम परिसरमा दीप प्रज्वलन गरेका हुन्।
माघ १ गते काठमाडौंबाट पोखरा उडेको यती एअरलाइन्सको ‘९एन-एएनसी’ विमान दुर्घटना भएको थियो। दुर्घटनामा ६९ जनाको मृत्यु भएको छ भने तीन जना हराइरहेका छन्। विमानमा चार जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/candillight/candillight%20%283%29.JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/candillight/candillight%20(7).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/candillight/candillight%20(6).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/candillight/candillight%20(5).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/candillight/candillight%20(4).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/candillight/candillight%20(1).JPG)