बागमतीमा चार दिनभित्र मुख्यमन्त्री दाबी गर्न आह्वान
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीका लागि दाबी पेश आह्वान गरेका छन्।
प्रदेश प्रमुख शर्माले बिहीबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा पुस २५ गते दिउँसो ४ बजेभित्र मुख्यमन्त्रीको दाबी गर्न आह्वान गरेका हुन्।
बागमतीमा सरकार गठनका लागि ५६ सीट आवश्यक पर्दछ। तर‚ प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत छैन। प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३७ सांसद छन्। यस्तै‚ दोस्रो ठूलो दल नेकपा (एमाले)का २७ र तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का २१ सांसद छन्।
यस्तै‚ राप्रपा १३‚ एकीकृत समाजवादी सात‚ नेपाल मजदूर किसान पार्टी तीन र हाम्रो नेपाल पार्टीका दुई सांसद छन्।