सर्लाही-१ मा लोसपाका रामप्रकाश चौधरी निर्वाचित
![सर्लाही-१ मा लोसपाका रामप्रकाश चौधरी निर्वाचित](https://www.himalkhabar.com/uploads/posts/800X600/ram_prakash_chaudhary_1669270688.jpg)
सर्लाही-१ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी निर्वाचित भएका छन्।
चौधरी २४ हजार ८३८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले १८ हजार ४०४ मत प्राप्त गरेका छन्।
यस्तै‚ यस क्षेत्रका निवर्तमान सांसद जनता समाजवादी पार्टीका प्रमोद साहले १४ हजार २५५ मत प्राप्त गरेका छन्।