प्यूठानमा एमालेका सूर्य थापा विजयी
![प्यूठानमा एमालेका सूर्य थापा विजयी](https://www.himalkhabar.com/uploads/posts/800X600/surya_thapa_1669251413.jpg)
प्यूठानमा प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)का सूर्य थापा विजयी भएका छन्।
थापाले सत्तारूढ गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई पाँच हजार २७४ मतान्तरले पराजित गरेका हुन्। थापाले ४१ हजार ११८ मत र पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरेका छन्।
थापा एमालेको पोलिटब्यूरो सदस्य तथा प्यूठानका इन्चार्ज र पौडेल जनमोर्चाका उपाध्यक्ष हुन्।