कास्की ३ ‘क’ बाट एमालेका गणेशमान गुरुङ निर्वाचित
![कास्की ३ ‘क’ बाट एमालेका गणेशमान गुरुङ निर्वाचित](https://www.himalkhabar.com/uploads/posts/800X600/ganesh_gurung_1669199474.jpg)
कास्की ३ ‘क’ बाट नेकपा (एमाले) का उम्मेदवार गणेशमान गुरुङ प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।
उनी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दुर्गादत्त भण्डारीलाई पराजित गर्दै गण्डकी प्रदेश सभा सदस्यमा विजयी भएका हुन्। गुरुङले १४ हजार ४७३ मत पाए भने भण्डारीले नौ हजार ६६१ मत पाए।
उनी गत वर्ष जनता समाजवादी पार्टीबाट एमालेमा प्रवेश गरेका थिए।