कास्की-२ ‘ख’ मा एमालेका भीम कार्की विजयी
![कास्की-२ ‘ख’ मा एमालेका भीम कार्की विजयी](https://www.himalkhabar.com/uploads/posts/800X600/bhim_karki_1669175081.jpg)
कास्की-२ ‘ख’ मा नेकपा (एमाले)का भीम कार्की विजयी भएका छन्।
बुधबार बिहान सकिएको मतगणना अनुसार‚ कार्कीले १० हजार ५३१ मत प्राप्त गरेका छन्। निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले पाँच हजार ८९३ मत पाएका छन्।
पोखरा महानगरपालिका-३३ भरतपोखरीका कार्कीले संसदीय निर्वाचनको पहिलो प्रयासमै सफलता हासिल गरेका हुन्। कार्की नेकपा एमालेका केन्द्रीय सदस्य हुन्।
सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का विश्वप्रकाश लामिछाने पाँच हजार ५४० मत ल्याउँदै तेस्रो स्थानमा छन्।